2026-07-24 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा एकीकृत नमूना बस्ती निमार्णका लागि सहयोगको अपिल

चैत १८, दोलखा | एकीकृत नमूना बस्तीको पूर्वाधार निमार्णका लागि सरकारले रु सात करोड ३२ लाख विनियोजन गरेको छ । 

दोलखाको भीमेश्वर नगरपालिका–४ जिलूको फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर निमार्णका लागि एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको हो ।

 प्राधिकरणले शहरी विकास डिभिजन कार्यालयलाई एकीकृत नमूना बस्तीमा सडक, खानेपानी, विद्युत्, नाला, ढल र सामुदायिक भवन निमार्णको कार्यान्वयन गर्न रु सात करोड ३२ लाख विनियोजन गरेको पुनः निर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो । 

विपन्न नागरिकको बसोबास भएको यो बस्तीमा एकै प्रकारका घर निर्माण गर्न उनीहरुले माग गरेका छन् । घर निर्माणका लागि सहयोग गरिदिन यहाँका नागरिक संघसंस्थाको पर्खाइ रहेको एकीकृत नमूना बस्तीका अभियन्ता एवम् भीनपा–४ का वडाध्यक्ष हरिवंश चौलागार्इंले बताउनुभयो । चौलागाईंले भन्नुभयो, “एकीकृत नमूना बस्तीको लागि डिटेल प्रोजेक्ट पूरा गरी पुनः निर्माण प्राधिकरणमा पेश गरेकाले पूर्वाधार निर्माणका लागि सरकारले विनियोजन छ ।” 

एकीकृत नमूना बस्तीमा इन्जिनियर र अमिनले जग्गा छुटाउने कार्य धमाधम भइरहेको चौलागाईंले जानकारी दिनुभयो । सदरमुकाम चरिकोटबाट नजिकै रहेको यो बस्ती नमूनायोग्य ठाउँ बन्नेछ, होमस्टेका लागि अत्यन्तै उपयुक्त भएकाले सरकारको लगानी मात्र नभई सहयोगी संस्थाले लगानी गरे औचित्य साबित हुनेछ अध्यक्ष चौलागाईंले बताउनुभयो । 

बस्तीका अभियन्ता रामजीप्रसाद चौलागार्इंले भन्नुहुन्छ, “यहाँ एउटा घर निर्माण हुन कम्तीमा रु १५ लाख लाग्छ ,सरकारले प्रदान गर्ने आवास निमार्णको सहुलियत रकम तीन लाखबाहेक रु १२ लाख आवश्यक पर्ने हँुदा सरकारले दुई प्रतिशत ब्याजदरमा दिने रु १५ लाख दिएको खण्डमा विपन्न बस्तीका नागरिकले घर बनाउन सक्ने थिए ।”

 बस्ती निमार्णका लागि स्थानीयस्तरमा गर्नुपर्ने सम्पूर्ण काम पूरा भइसकेको र अब भवन निर्माणका काम शुरु गर्न ढिला भइसकेकाले सहयोगी हातलाई नमूना बस्ती निर्माणमा सहयोग गरिदिन चौलागाईंले समेत आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक