२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रिय जनमोर्चा पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पौडेल

२०७२, २४ माघ आईतवार १२:५८

माघ २४, पर्वत । राष्ट्रिय जनमोर्चा पार्टी पर्वतको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार जिल्लाको बराचौर गाविसमा सम्पन्न भएको उक्त सम्मेलनले गोविन्द पौडेललाई पार्टीको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा भोजराज उप्रेती, सचिवमा वालकृष्ण पौडेल, सहसचिवमा वु्िद्धराज गौडेल र कोषाध्यक्षमा धनराज सुनारलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी सदस्यहरु धनबहादुर क्षेत्री, कृष्ण क्षेत्री, भिमबहादुर थापा, धनमाया बस्याल, निर्मल श्रेष्ठ, जितबहादुर लामिछाने, धनबहादुर कुँवर, बावुराम न्यौपाने र अन्जु आले चयन भएका छन् । १ वैकल्पीक सदस्य पछि थप गरिने बताइएको छ । त्यस्तै ३ सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ । जसमा इन्द्रकान्त भुसाल, होमनाथ पराजुली र भरत श्रेष्ठ चयन भएका हुन् ।

पार्टीका ब्यापक कार्यकर्ताहरुको सहभागितामा संविधान लागु गरौं, संघियता खारेज गारौं भन्ने मुल नाराका साथ सम्पन्न उक्त सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले देशमा विदेशीको इसारामा संघियता जारी गरिएका कारण मुलुकमा नाकाबन्दी, मधेश आन्दोलन जस्ता यावत समस्याहरु मुलुकमा सृजना भएको बताए । उनले संघियताको विकल्पमा संघियता खारेज गरी पुर्ण लोकतान्त्रीक विकेन्द्रीकरण र स्थानीय स्वायत्तता सहितको एकात्मक शासन ब्यवस्था कायम गरी मुलुकको राष्ट्रियता र अखण्डताको रक्षा गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

त्यसैगरी सम्मेलनमा अखिल नेपाल युवा संघका केन्द्रिय सदस्य कृष्ण क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय सदस्य गिता थापा, पार्टीका गुल्मी जिल्ला सदस्य पुर्ण बहादुर थापा, एमाओवादीका नेत्रलाल पुरी, दलित संजाल बराचौरका समबहादुर नेपाली लगायतका थुप्रै बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका टोलीले विभिन्न जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय जनमोर्चाका गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनको संचालन सचिव वालकृष्ण पौडेलले र स्वागत भोजराज उप्रेतीले गरेका थिए ।

– मुरारी संगम बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !