2026-07-24 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

महिनावारी हुँदा किन लजाउने !

ताराबहादुर महत । चैत्र १९, दोलखा । महिलाहरुले महिनावारीको बेला अपनाउनुपर्ने सुरक्षाको उपाय र यसबाट हुने फाईदाको बारेमा आज चरिकोटमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

फ्रिडम किट ब्याग बेलायतको सहयोग भएको अभिमुखीकरण कार्यक्रममा महिनावारी हुने उमेर समुहका महिला तथा किशोरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा फ्रिडम किट ब्यागका नेपाली दुत निर्मला श्रेष्ठ र किशोरजंग कार्कीले महिनावारीको बेला अपनाउनुपर्ने सुरक्षा, सरसफाई र प्याड प्रयोगको उपयुक्त तरिकाका बारेमा जानकारी गराउनुभएको थियो । अभिमुखीकरण कार्यक्रम पश्चात्त करिब एक सय जना महिला तथा किशोरीहरुलाई महिनावारीको बेला प्रयोग गरिने आवश्यक सामाग्रीहरुसहितको किट ब्याग प्रदान गरिएको छ । आयोजकका अनुसार किट ब्यागमा रहेका सामाग्रीहरु नेपालमै उत्पादन गरिएको हो ।

महिनावारीको समयमा आवश्यक सुरक्षाको उपाय अपनाउन नसक्दा नेपालमा धेरै महिलाहरु बाँझोपन र गर्भ खेर जाने जस्ता समस्याको शिकार बन्नु परेको अवस्थामा थोरै भएपनि चेतनामुलक कार्यक्रमले राहत पुगोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको फ्रिडम किट ब्याग बेलायतकी प्रतिनिधि रोजा माथेसनको भनाई छ । ‘‘महिनावारी भयो भनेर कोहि पनि लजाउन वा डराउन पर्दैन, यो त भएन भने पो डराउनुपर्छ’’ प्रतिनिधि रोजाले भन्नुभयो । एकजना महिला स्वस्थ भईन भने मात्र परिवार स्वस्थ हुने र परिवार स्वस्थ भएमा सबै खुसी हुने भएकोले महिनावारीको समयमा उचित सुरक्षाका उपाय अपनाउन उनको सल्लाह छ । 

यस संस्थाले यसअघि सिन्धुपाल्चोक, संखुवासभा, दोलखा जिरी लगायत विभिन्न ठाउँमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी करिब तीन हजार महिला तथा किशोरीहरुलाई महिनावारी किट ब्याग वितरण गरेको जनाएको छ । कार्यक्रम प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल र जिल्ला अस्पताल जिरीकी मेडिकल सुपरीटेन्डेन अर्चना केसीको पहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक