२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लोडसेडिङ विरुद्ध युवा, कर्मचारीको लापरवाहीको सजाय सेवाग्राहीलाई

२८ माघ २०७२, बिहीबार १३:००

bidhut pradhikaran parbatमहेन्द्र केसी/माघ २८, पर्वत । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले अघोषितमा रुपमा लोडसेडिङ गरेर जनतालाई सास्ती दिएको भन्दै जिल्लामा रहेका युवा संगठनहरु विद्युत प्राधिकरणमाथि खनिएका छन् ।

उद्योग बाणिज्य संघ पर्वतसँग पटकपटक बार्ता गरेता पनि प्राधिकरणले लोडसेडिङ गरेको र त्यसको मार जनताले भोग्नुपरेको भन्दै कुश्मामा रहेका युवाहरुले विद्युत प्राधिकरणमा विहिवार घेराऊ गरेका हुन् । सवैभन्दा बढी विद्युत उत्पादन गर्ने जिल्ला पर्वत भनिएता पनि प्राधिकरणले लोडसेडीङ बढाएपछि स्थानीयबासी मर्कामा परेका छन् । केन्द्रबाटनै विद्युत कटौटी गरीएको भन्दै विद्युत प्राधिकरणले लोडसेडिङ गर्दै आएको छ ।

पछिल्लो समयमा प्राधिकरणले लोडसेडिङको तालिका सार्वजानिक गरेता पनि तालिका अनुसार विद्युत कतौटी नभई प्राधिकरणले आफु ख्ुसी विद्युत कटौटी गर्दै आएको आरोप स्थानीयले लगाउँदै आएका छन् । लामो समयसम्म विद्युत आपूर्ति हुन नसक्ने अबस्था भएपछि जिल्लामा रहेका उद्योग कलकारखाना समेत घाटामा पुग्ने स्थीतिमा पुगेका छन् ।

प्रयाप्त विद्युत नुहँदा सबै क्षेत्रमा असर पर्न थालेको भन्दै अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन, एकता युवा क्लब, उवासंघ पर्वतका युवा टोली लगाएतको नेतृत्वमा युवाहरुले प्राधिकरण घेराऊ गरेका थिए । युवाहरुले पटक पटक लोडसेडिङ हुदाँ व्यवसाय, उद्योग, संचार, विद्यार्थी लगाएतका क्षेत्रमा निकै असर परेका कारण डेलिकेशन आउन बाध्य भएको बताएका थिए ।

लामो समयसँग लोडसेडिङ गरेका कारण एसएलसीको तयारीमा रहेका विद्यार्थीले सहज बाताबरणमा पढ्न नपाएका कारण आफूहरु लोडसेडिङ न्यूनिकरण गर्नको लागि दबाब दिनको लागि प्राधिकरणको कार्यालय घेराऊ गरेको विद्यार्थी संगठनका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

सोमबारभित्र लोडसेडिङ न्यूनिकरण
अघोषित रुपमा गरिएको लोडसेडिङ सोमबार भित्रमा न्यनिकरण गर्नको लागि प्रयास हुने बताइएको छ । केहि समय अगाडी उवासंघ पर्वत र विद्युत प्राधिकरण विच भएको सहमतिमा राति १२ बजेबाट विहान ४ बजेसम्म र दिउँसो २ बजेबाट ३ बजेसम्म लोडसेडिङ गर्ने सहमति भएता पनि त्यसको कार्यन्वयन हुन सकेको थिएन ।

विहिबार प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, उववासंघ पर्वत र विद्युत प्राधिकरण विच बसेको बैठकले सोमबार भित्र लोडसेडिङ न्यूनिकरण गर्नको लागि र तालिका परिमार्जन गर्ने सहमति भएको उवासंघका राजु पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला विद्युत उत्पादनको क्षेत्रमा सवैभन्दा बढि मात्रमा विद्युत उत्पादन हुने क्षेत्र भएता पनि लोडसेडिङ मुक्त बनाउनको लागि कठिन भएका कारण लोडसेडिङ न्यूनिकरण गर्नको लागि तथा तालिका फेरबदल गर्नको लागि आफूले अथक प्रयास गर्ने प्रजिअ ढकालले जनाएको बताएका छन् ।

हप्तामा ६३ घण्टा लोलसेडिङ
नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा पर्वतले यतिबेला जिल्लामा हप्तामा ६३ घण्टा लोडसेडिङ गर्दै आएको छ । जसका कारण जिल्लाबासी हप्तामा २ दिन भन्दा बढी पुरै अन्धकार मा बस्नुपर्ने बाध्यता कायम छ ।

विद्यत प्राधिकरणले आइतबार ११ घण्टा सवैभन्दा बढी लोडसेडिङ गरेको छ भने, सोमबार र मंगलबार ८/८ घण्टा र अन्यबारमा समान ९ घण्टा लोडसेडिङ गर्ने समयतालिका सार्वजानिक गरेको छ । लोडसेडिङको समय तालिका सार्वजानिक गरेता पनि प्राधिकरणले समय अनुकुल भन्दा बाहिर समेत हरेक बहानामा लोडसेडिङ गर्दै आएको थियो ।

कर्मचारीको गल्तीको सजाय उपभोक्तालाई
विद्युत प्राधिकरणले कर्मचारीको गल्तीको सजाय उपभोक्तालाई दिने गरेको खुलेको छ । विद्युत रिडिङ गर्नेबेलामा गलत डाटा उल्लेख गर्ने तथा विल भुक्तानी गरीसकेपछि पनि कर्मचारीले रकम भुक्तानि भएको व्यक्तिको नाममा उल्लेख नगर्ने गरेका कारण त्यसको जरिवाना प्राधिकरणले उपभोक्तालाई लगाउने गरेको खुलेको हो ।

बाजुङ गाविसको विल रिडिङमा गलत डाटा कर्मचारीले टिपोट गरेका कारण र विल भुक्तानी गरेपछि पनि कर तिरेको नदेखाएका कारण त्यसको सजाय उपभोक्ताले पाएका हुन । प्राधिकरणका कर्मचारीले गलत गरेका कारण बाजुङ १ का उपभोक्ताले ड्यू रकमका नाममा मोटो रकम प्राधिकरणलाई बुझाउनुपर्ने बाध्यता भएको उपभोक्ताको गुनासो छ । बाजुङ १ का जयबहादुर पौडेलको नाममा भएको मिटरको रिडिङ तथा डाटा विलमा उल्लेख गर्नेबेलामानै क्रुटि छ जसका कारण उनको महसुल लिन प्राधिरणकै कर्मचारी मानेका छैनन् ।

आफै गल्ती गर्ने र आफैले विद्युत महसुल बुझ्न नमानि सदरमुकाम जान र ड्यू रकम तिरेपछि मात्र विल रकम बुझ्ने कर्मचारीले बताएका कारण आफ्रूलाई समस्या परेको खिमकु्मारी पौडेलले बताइन् ।, प्रत्येक तीन महिनामा विल रकम आउँछ र सधै तिरेको पनि छ तर प्राधिकरणले ड्यू रकम भन्दै अहिले प्राधिकरणका कर्मचारीले विल रकम तिर्न मान्दैनन र कुश्मा जानु भन्छन् , उनले भनिन् , मिटर रिडिङ तथा विलमा डाटा उल्लेख गर्ने बेलामा पनि ५६ भन्दा बढि युनिटको त्रुटि छ ।

कात्र्तिक महिनमा ४३९८ मिटिरको अंक छ भने माघ महिनाकोमा साविक अंक ४५०५ उल्लेख गरिएको छ तर हालको अंकमा ४४४९ उल्लेख गरीएको छ । जसका कारण पनि पछिल्लो विलमा भएको मिटर अंकलाई तुलना गर्ने हो भने पनि ५६ युनिटको फरक छ जून पछिल्लो भन्दा अघिल्लो बढी देखिएको छ । भने ड्यू रकममा ४ सय ५१ देखाइएको छ ।

मिटर अंक साविक भन्दा हालको अंक बढि हुन्छ तर र्पौडेको विलमा भने साविक अंक हालको मिटरको अंक भन्दा बढी छ अर्थात् साविक अंक भन्दा पछिल्लो अंक कम छ । जसका कारण पनि विलमा फरक मिटरको अंक उल्लेख गरेका कारण पनि उनको बिलमा त्रुटि भएको हो । अघिल्लो तीन महिनाको विल रकम बुझाएको रसिद भएता पनि विल भुक्तानी नगरेको कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ