५ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

पुल नहुँदा शिक्षाबाट वञ्चित छन् धादिङका चेपाङ विद्यार्थी

२१ चैत्र २०७४, बुधबार ०७:४२

सीताराम अधिकारी/चैत २१, धादिङ | माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने ? घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ । 

डाँडामा बस्ती भएकाले गाउँवासीका लागि माध्यमिक तहको अध्ययन गर्न पाँच घण्टाको दूरी तय गर्नुपर्ने भएकाले सो गाउँका कसैलाई पनि माध्यमिक तहको शिक्षा पाउनु भनेको ‘टाढाको फल आँखातरी मर’ भएको जस्तो छ । 

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ तल्तीबाहेकको चेपाङगाउँबाट माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय आउन पाँच घण्टाको दूरी तय गर्दा पनि पुल अभावमा विद्यालय आउनै नसक्ने अवस्था आएको छ । 

मलेखुखोलाको ताल्ती क्षेत्रमा हिउँदमा खोला सुख्खा हुने र पानी पर्न थालेपछि वारपार गर्न नै नसकिनेगरी ठूलो हुन्छ । खोला बढेपछि विद्यार्थीमात्र होइन, गाउँवासीसमेत बजारतर्फ आउजाउ गर्न सक्दैनन् । 

यस वडाका पाँच विद्यालय र एक बालविकास केन्द्रबाट आधारभूत तहको शिक्षा हासिल गरेपछि माध्यमिक शिक्षा हासिल गर्न सिमथली र ताल्ती जोड्ने मलेखुखोलामा पुल नहुँदा गाउँका विद्यार्थी हिउँदमा पढ्ने गर्छन् भने वर्षा लागेपछि पढाइ छाड्ने गरेको शिक्षक मानबहादुर चेपाङको भनाइ छ । 

प्रजा आधारभूत विद्यालयमा ९४ जना, देउराली आधारभूत विद्यालयमा १०१ जना, बागेश्वरी आधारभूत विद्यालयमा ५५ जना, पञ्चकन्या आधारभूत विद्यालयमा ६५ जना र अति विकट ब्रुसबाङको बालविकास केन्द्रका २८ जना विद्यार्थी छन् । मलेखुखोलामा पुल नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनु परेकाले तत्काल पुल आवश्यक भएको वडाध्यक्ष टंकबहादुर थापाको भनाइ छ । 

गाउँका विद्यार्थी जेठ लागेपछि पानी परेको दिन विद्यालय जाँदैनन् । वर्षा शुरु भएपछि असार साउन र भदौ तीन महिना त खोला पार गर्न नै नसकिने भएकाले उनीहरु विद्यालय जाँदैनन् । 

यस क्षेत्रका विद्यार्थीको समस्या भनेको मलेखु खोलामा पुल र गाउँमै माध्यमिक तहको विद्यालय हुनुपर्ने ज्ञानबहादुर चेपाङको भनाइ छ । 

सिमथली, मासखर्क, ब्रुसबाङ, माङ, झिरुबास, थुन्द्राङ, चोतेस, पार्लाकलगायतका गाउँबाट बल्लतल्ल आधारभूत तहको शिक्षा लिएका विद्यार्थी पुलको अभावमा कक्षा छाड्ने गर्नाले शिक्षाबाट वञ्चित हुने गरेका छन् तर सरकारले यसतर्फ ध्यान नदिएको रवीन्द्र चेपाङको आरोप छ । 

आफ्नो खारियाबारीको उत्पादनले तीन महिनामात्र खान पुग्ने १८० घर चेपाङ बस्ती रहेको गाउँमा खानेपानीको सुविधा छैन । उत्पादनको वैकल्पिक उपाय नहुँदा ज्याला मजदुरी गरेर परिवार पल्नु पर्ने अवस्था रहेकाले काम गर्न सक्नेहरु दशैँ तिहारबाहेक गाउँमा भेटिँदैनन् । 

खोला तर्नुपर्ने भएपछि ७० प्रतिशत चेपाङ बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेको शिक्षक तिलक चेपाङले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईई बहिष्कार गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार आर्थिक सहयोग नरोकिदिन अमेरिकी सरकारसँग मन्त्री राणाको आग्रह प्रचण्ड र उनको परिवारको कारणले गणतन्त्रको अन्त्य हुन्छः ज्ञानबहादुर शाही पाटन क्याम्पसको लफडामा ३ जना घाइते- नेविसंघले गुण्डा लगाएको अनेरास्ववियुको आरोप युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने पोखरा बेलुन विस्फोट घटना : छानविन समितिले बुझायो प्रतिवेदन नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए २५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति मोरङमा आगलागीबाट एक बलिकाको मृत्यु, ८ घर जले* ट्रकबाट २५ करोड बरामद:  यसअघि पनि सात किलो सुन तस्करीमा जेल बसेर छुटेका पक्राउ परेका लामा  बसको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु १२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए