2026-08-30 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न

चैत २१, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ । 

बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिनुभयो । 

“जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ”, कार्यालय प्रमुख पन्तले भन्नुभयो । 

नागरिक उड्डयन कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत विद्या शाहले एनएआइएन कल साइनको जहाज बिहान ९:४५ बजे धावन मार्गमा अवतरण गरेको र ११:०० बजे यहाँबाट उडान भरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार सम्भवतः नव वर्ष २०७५ वैशाख १ गतेदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ नियमित उडान शुरु हुनेछ । 

कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई सेवा नजोडिएको भन्दै यसका लागि प्रदेश सरकारलाई यहाँका नागरिकले माग गर्दै आएका थिए । त्यही विषयलाई लिएर दुईसाताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको ध्यानाकर्षण गराउनाका साथै निजी कम्पनीसँग पनि पहल गर्नुभएको थियो । उहाँहरुकै सहमतिमा हवाई उडान सेवा जोडिएको छ । 

परीक्षण सेवा गरिएको हवाईको सुर्खेत–काठमाडौँ भाडादर कति भन्ने अहिले कायम नगरिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने