पढ्न करिब 1 मिनेट लाग्छ

चैत २२, सिरहा। वेमौसमी पानीले सिरहाका इँटाभट्टामा सुकेका इँटा भिज्दा करोडौंको रुपैयाँ बराबरको क्षति भएको व्यवसायीहरुले बताएका छन् ।

गएराति परेको अबिरल बर्षाले पकाउन तयार भएको पचास लाख भन्दा बढी ईटा भिजेर काम नलाग्ने भएपछि क्षति भएको व्यवसायीको भनाई छ । वेमौसममा अकस्मात परेको पानीले पकाउन तयार भएको अवस्थामा रहेको ईटा गल्दा ७ करोड भन्दा बढी मूल्यको क्षति भएको ईटा भट्टा संघ सिरहाका कोषाअध्यक्ष रामसगुन यादवले जानकारी दिए ।

यादवका अनुसार जिल्लामा रहेका ४५ वटा ईटा भट्टाको ईटा गल्दा ईटा व्यवसायी मर्कामा परेका छन् ।

त्यसैगरी श्री सागर सगुन भट्टामा मात्र पानीले भिजेर ९० लाख भन्दा बढी काचो इँटा गलेको कोषाअध्यक्ष रामसगुन यादवले बताए ।

उनका अनुसार गहिरो ठाउँमा पानी जमेका कारण त्यस्ता ठाउँमा रहेका इटा एउटा पनि काम नलाग्ने भएका छन् ।

त्यसैगरी गोलबजारमा रहेको सागर, गणपति, मुनाल, श्रीराम लगायताका ईटाभट्टाहरुमा पनि ठूलो क्षति भएको ईटा भट्टा संघ सिरहाका अध्यक्ष यादवले जनाए ।