2026-09-18 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवसहारा बचत तथा ऋण सहकारी संस्था कुश्मा पर्वतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

फागुन ९, पर्वत । नवसहारा बचत तथा ऋण सहकारी संस्था कुश्मा पर्वतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

‘उद्यमी प्रगतिशिल हात, संधै सहकारीको साथ’ भन्ने उदेश्यका साथ शुक्रवार उक्त साधारणसभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहकारीका शेयर सदस्य तथा बचतकर्ताको सहभागिता रहेको थियो ।

सहभागिहरुले सहकारीलाई मजबुत र ब्यवस्थीत गराएर मुनाफा प्राप्त गर्ने र समुदायसँग सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए । साधारणसभामा सहकारीका सल्लाहकार तथा सेयर सदस्य सन्तोष थापा, शेयर सदस्य यामनाथ सुवेदी लगायतका थुप्रै शेयर सदस्यहरुले धारणा ब्यक्त गरेका थिए । ३ वर्ष अगाडि स्थापना भएको उक्त सहकारीको कुल पुजी ६५ लाख तथा लगानी ६९ लाख ५८ हजार रहेको र शेयर सदस्यहरुलाई यसवर्ष १० प्रतिशत बोनस उपलब्ध गराइएको सहकारीका अध्यक्ष शंकर गिरीले बताए । यस सहकारीले आगामी ३ वर्ष भित्र १ करोड ५० लाखको पुजी रकम पु¥याउने लक्ष्य लिएको बताइएको छ ।

साथै समुदायको दायित्ववोध गरी समुदायमा भैरहेका आवश्यक गतिविधीमा सहभागि हुने, स्वस्थ्य प्रतिश्पर्धालाई अगाडि बढाउन अन्य सहकारी संस्थासँग समन्वय गर्दै सहकारीको सिद्धान्तको मुल भावनालाई स्वीकार गर्ने बताइएको छ । उक्त साधारण सभाको संचालन सहकारीका कर्मचारी प्रशया गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई