2026-09-19 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

संरक्षण र प्रचारप्रसारको पर्खाइमा बाग्लुङको रुद्रताल

वासुदेव पौडेल/चैत २३, बाग्लुङ | “उच्च पहाडी भूभागमा वरिपरि गुराँसले ढकमक्क ढाकिएको जंगलको बीचमा रहेको फराकिलो तालले यहाँ आउने जो कोही पर्यटकको पनि मन आकर्षित गर्ने गरेको छ,” – ढोरपाटन नगरपालिका–७ का अमर बुढामगरले भन्नुभयो । 

पाल्पास्थित पवित्र तीर्थस्थल रुरु क्षेत्र जोड्ने रुद्रावती गंगाको उद्गमस्थल बाग्लुङको रुद्रताल धार्मिक एवं पर्यटकीय रुपमा महत्वपूर्णस्थल भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा पछि परिरहेको उहाँले बताउनुभयो । 

नेपालकै एक मात्र शिकार आरक्षका रुपमा ख्याति कमाएको ढोरपाटन जाने बाटोमा नजिकै रहेका कारण यो पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बुर्तिवाङबाट सडकमार्ग हुँदै जाने पर्यटकका लागि बाटोमा नै ताल पर्ने भएकाले पर्यटकले नछुटाउने गन्तव्य रुद्रताल बनेको स्थानीयवासी बताउँछन् । 

भगवान् शिवको नामबाट नामाकरण गरिएको यो ताल रुद्रावती खोलाको उद्गमस्थल हो । स्थानीय भाषामा भुजिखोलाका नामले पनि चिनिने रुद्रावती खोला बडीगाड हुँदै रुद्रवेणीमा गएर कालीगण्डकीसँग मिसिन्छ । रुद्रताल र मुक्तिनाथबाट निस्केको पानी मिसिएको स्थान रुरु क्षेत्रका रुपमा प्रसिद्ध छ । 

रुरु क्षेत्र नेपालका चारधाम (बराह क्षेत्र, हरिहर क्षेत्र, मुक्ति क्षेत्र र रुरु क्षेत्र) मध्ये एक हो । रुद्रतालमा जनैपूर्णिमाको अवसरमा उत्तरगंगाको जल लगेर पितृ तर्पण दिने गरिन्छ । पितृलाई तर्पण दिएमा पितृहरूको उद्धार हुने र सन्ततिलाई सुख एवं समृद्धि कायम हुने धार्मिक विश्वास छ । 

स्थानीयवासीले रुद्रताललाई धार्मिक आस्थाको महत्वपूर्ण स्थलका रुपमा लिने गरेको उद्योग वाणिज्य संघ, बुर्तिवाङका सदस्य कृष्ण केसीले बताउनुभयो । “ढोरपाटनस्थित ढोर बराहको पूजा यही तालबाट शुरु हुन्छ,” उहाँले भन्नुभयो, “रुद्रतालको जल नछोएसम्म ढोरबराहको पूजाले पूर्णता नपाउने प्राचीन जनविश्वासका कारण ढोरबराह पूजा गर्न जाने भक्तजनले रुद्रतालमा स्नान गरेर मात्र जाने गरेका छन् ।” 

भक्तजनले रुद्रतालको पानीले स्नान गरी देउरालीमा ध्वजा चढाएर मात्र ढोरबराहको पूजा गर्ने प्रचलन रहेका कारण पनि यसको आफ्नै महत्व रहेको उहाँको भनाइ छ । 

महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य भएपनि ताललाई व्यवस्थित गर्नेतर्फ राज्यको चासो पुग्न नसकेको उहाँले बताउनुभयो । ढोरपाटन र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ढोरपाटन अवलोकन भ्रमण सम्पन्न गरिएको संघका अध्यक्ष सन्तोष पोखरेलले बताउनुभयो । 

“ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही चैत १८ गतेदेखि २१ गतेसम्म पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीसहित हामीले उक्त क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेका छौँ,” उहाँले भन्नुभयो, “ढोरपाटनसहित धार्मिक पर्यटकीय महत्वका यहाँका रुद्र ताल, उत्तरगंगा धाम, ढोरबराहजस्ता स्थलको संरक्षण एवं प्रचारप्रसार आवश्यक छ ।” 

ताललाई व्यवस्थित बनाउँदै आवश्यक पूर्वाधार विकास गरेमा रुद्रताल पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो