२६ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लोडसेडिङ विरुद्ध मोर्चा तयार

१० फाल्गुन २०७२, सोमबार ०५:४६

महेन्द्र केसी/ फागुन १०, पर्वत । विद्युत उत्पादन क्षेत्रका रुपमा रहेको पर्वतमा विद्युत प्राधिकरणले अन्य जिल्ला सरह लोडसेडिङ गरेको भन्दै स्थानीय युवाले लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नको लागि संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् । पटकपटक उद्योग बाणिज्य संघ पर्वत र जिल्ला प्रशासनमा संयुक्त रुपमा गरेको सहमति प्राधिकरणले कार्यान्वयन नगरेको भन्दै स्थानिय युवा मोर्चा नै तयारी गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषाणा गरी सडकमा उत्रिएका हुन् ।

मिलन युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको संयोजकत्वमा रहकेको संघर्ष समतिमा एकता युवा क्लवका अध्यक्ष अच्यूत तिवारीलाई सदस्य सचिव तोकिएको छ । त्यसैगरी संघर्षसमितिको सदस्यमा (क्रान्तिकारी) विद्यार्थी संगठनका अध्यक्ष शंकर गिरी, युवा संघ नेपालका अध्यक्ष विमल लामिछाने, मिलन सुवेदी र दिपक पौडेल(दामोदर) रहेका छन् । त्यसैगरी भेलाले ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ जसमा नारायण उमाविका प्रचार्य पृथ्वीनारायाण शर्मा, उवासंघका गोपी अधिकारी , केदारनाथ शर्मा, रेडक्रस सोसाइटीका सभापति रुद्र गिरी, व्याप्सन पर्वतका अध्यक्ष हिम बहादुर क्षेत्री र याम चापागाई रहेका छन् ।

सर्वपक्षिय भेलाले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा लेडिकेशन जाने र उवासंघ पर्वतसँग भएका सहमति र सम्झौता कार्यान्वयन गराउन दबाब दिने, फागुन १० गते अर्थात् आज वेलुका सम्ममा लोडसेडिङ न्यूनिकरण नभए भोली अर्थात् फागुन ११ गते विशाल जुलुस सहित प्राधिकरण घेराऊ गर्ने निर्यण गरेको छ भने त्यसपछिका कार्यक्रम भने बैठक बसी तय गर्ने बताइएको छ । पर्वतमा भएका जलविद्य्ुत आयोजनाबाट कुल ४९ मेघावाट विद्युत उत्पादन हुन्छ तर हिउँदको समयमा भने कम उत्पादन हुने गरेका छन् । जिल्लामामा ए मोदीखोला जलविद्युत आयोजना १४ मेघावाट, कास्की नयाँपुलमा रहेका मोदीबाट ४ मेघावाट, ९.९ तल्लो मोदी खोला जलविद्युत आयोजना, १ मेघावाट पातिखोलामा रहेको छन् भने अन्य निर्माणधिन अबस्थामा छन् ।

विद्यूत आयात भएपनि लोडसेडिङ घटेन
विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात भएपछि जिल्लाको लोडसेडिङ आधाले घट्ने बताएता पनि त्यो भने हुन सकेको छैन । भारतबाट केहि दिन अगाडी मात्रै ८० मेघावाट विद्युत नेपालमा आयात भएको छ । विद्युत आयात भएपछि नेपालभरी दूई घण्टाले लोडसेडिङ घट्ने बताइएता पनि त्यो भने हुन सकेको छैन जसका कारण पनि जिल्लाको लोडसेडिङ कम हुन नसकेपछि स्थानीय युवाले संघर्ष समिति गठन गरी आन्दोलनमा होमिएका हुन् ।
parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अपराधीले प्रहरीलाई टेर्न छाडे’ – प्रधानमन्त्री ओली अधिवक्ता त्रिपाठीमाथि आक्रमण: धरौटी तिर्न नसक्दा रास्वपा उपसभापति जैसी कारागार चलान, अन्य दुई जना छुटे मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय स्पेनबाट फेरि तीन नेपाली निष्कासित पर्यटक भिसामा नेपाल प्रवेश गरी धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना विदेशी पक्राउ अधिवक्ता त्रिपाठीमाथि हातपात : रास्वपा जिल्ला उपसभापतिसहित तीन जनासँग धरौटी माग पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद प्रदर्शन, आज पनि ७ विकेटले पराजित जस्टिन बिबर र हेलीको सम्बन्ध चिसियो, हेलीले मागिन् तीन सय मिलियन क्षतिपूर्ति सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस् ‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, दर्शकले अब १०० रुपैयाँमै हेर्न पाउने संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ विपिन जोशीको रिहाइको माग गर्दै सभामुखले लेखे अरब संसद्‌लाई पत्र सिरिजको अन्तिम खेलमा थाइल्यान्डलाई नेपालले दियो ८२ रनको लक्ष्य स्टेजमा गाउँदा गाउँदै भक्कानिएपछि एलिनालाई ऋचाको पत्र अमेरिकी वायुसेनाकाे जहाज किन आयो नेपाल ? बलिउड अभिनेता सोनु सूदविरूद्ध पक्राउ पुर्जी जारी बंगलादेशमा युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ रवि लामिछानेलक्षित प्रकाशमानको टिप्पणी : विदेश छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल