Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवजागृत माविको नियतको भण्डाफोर– प्रदेश ४ को उत्कृष्ट विद्यालय बनाउने यस्तो हर्कत

By साझासवाल 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्र केसी | चैत २५, महेन्द्र | माध्यामिक शिक्षा उत्रिण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका  चौथो संशोधन  को परिच्छेद २ को धारा ४ को  उपधारा घ अनुसार  एउटै विद्यालयका विद्यार्थीहरुको फारमहरुमा नामको आधारमा अंग्रेजी अक्षर वर्णानुक्रमानुसार  मिलाएर  राख्नु पर्ने व्यवस्था छ  । उल्लेखीत धारमा  रजिष्टे«सन नम्बर र  सिम्बोल  नम्बर क्रमानुसार कायम गर्नु पर्ने व्यवस्था गरिनुपर्ने नियम छ ।

रित नपुगेका  परीक्षर्थीको परीक्षा रद्द हुने  समेत निर्देशीकाले स्पष्ट उल्लेख गरिएको छ । प्रदेश ४ कै नमूना नतिजा सामुदायिक विद्यालयतर्फ ल्याएको देखाउनको लागि नीतिलाइनै तिलाञ्जली दिदै विद्यालय, शिक्षा कार्यालयका कर्मचारीको मिलेमतोमा समेत हुने आशंकामा नियम विपरीत एसइइ परिक्षामा विद्यार्थी सहभागी गराउदै मोदी गाउँपालिका ६ तिलाहारको नवजागृती मावि आएको देखिएको छ ।

विगतका बर्षहरुमा पनि नियम विपरीत यसरीनै काम हुने गरेको हुनसक्ने आशंका पैदा गरेको छ । जिल्लामानै उत्कृष्ठ नजिता ल्याउने विद्यालयमा परेको उक्त विद्यालय नमूना विद्यालयका रुपमा गनिन्छ तर त्यहाँको पछिल्लो समयमा देखिएको नीति विपरित कार्यले राम्रो र उत्कृष्ठ देखाउनको लागि नीति नियमको उल्लंघन भएको स्पष्ट देखिएको छ ।

चालु शैक्षिक शत्रको एसइइ परीक्षामा  ८० विद्यार्थी  सहभागी गराएको  नवजागृती मावि तिलाहारले   आगामी शैक्षीक शत्रका लागि कक्षा  नौ का  ८७ जना विद्यार्थीको समेत  अल्फावेटीकल अडर  नमिलाईकन    रजिष्टेशन फर्म दर्ता गराएको  जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।

जिल्लाका ८० विद्यालयले निर्देशिका पालना गराउँदै आएको भएपनि  नव जागृतीले मात्र निर्देशीका पालनामा अटेर गर्ने गरेको जिल्ला शिक्षा कार्यालयको आरोप छ । जिल्ला शिक्षा कार्यालयले समेत नियम विपरीत काम गर्ने नवजागृतीलाई कारवाही गर्न नसक्नुमा यसमा ठूलै चलखेल  हुनसक्ने देखाएको छ ।

शिक्षा कार्यालयको नीति नमान्ने शिक्षालयमध्ये उत्कृष्ठ नतिजा ल्याउने नवजागृति माविनै परेको छ जसले धेरै थरिका आशंका पैदा गरेको छ ।

आगामी एसइइ परीक्षाको तयारी स्वरुप विद्यालयहरुले  कक्षा ९ का विद्यार्थीहरुको  अंग्रेजी अक्षर वर्णानुक्रम     मिलाएर  रजिष्टेशन फम भराउने गर्दछन तर   नव जागृती माविले भने  नतिजा आँफु अनुकुल बनाउने तयारी स्वरुप  विद्यार्थीको अल्फवेटीकल अडर विगार्ने गरेको पाइएको हो ।

जिल्ला शिक्षा कार्यालय पर्वतका अनुसार  विद्यालयले   ८७ जना विद्यार्थीको  अंग्रेजी वर्णानुक्रम विगारेर  पेश  गरिएको  छ ।  आगामी एसइइ परीक्षाको तयारी स्वरुप विद्यालयले  विद्यार्थीहरुको अंग्रेजी अक्षर वर्णानुक्रम    आँफु अनुकुल बनाएर  नतिजा हत्याउने तयारी गरेको  कार्यालयको परीक्षा शाखाले  स्वीकार गरेको  छ ।

कार्यालयले  विगतका वर्ष देखिनै दबाब दिएर   विद्यालयले  निर्देशीका विपरीत परीक्षा गराउँदै आएको  बताएको हो ।  शाखा प्रमुख झक प्रसाद गौतमले  आँफुले  चालु शैक्षिक शत्रमा   पनि वर्णानुक्रम नमिलाएका  ८० विद्यार्थीको फर्म स्वीकृत नगरी फर्काएकोमा माथिल्लो निकाय बाट दवाब दिएर  फर्म स्वीकृत गराएको  बताए ।

गौतमले भन्नु भयो ‘तीन पटक सम्म फाईल फिर्ता गरेको हुँ ’दबाब आएपछि स्वीकृत गर्नु परो  माथिल्लो निकाय मार्फत दबाब आएपछि साना कर्मचारी केही लाग्दो रहेनछ “ निर्देशिका  पालना अघिल्लो वर्ष  नै नभएको हो ” गौतमले थप्नु भयो ।   चालु शैक्षीक शत्रको एसइइ  परीक्षाको लागि पनि निर्देशीकाको पालनाको निम्ती आँफुले आग्रह गर्दा  विभिन्न क्षेत्रबाट विद्यालयले दवाब दिएका कारण वर्णानुक्रम नमिलेको विद्यार्थीहरुको लेजर परीक्षामा समावेश  गराउनु परेको गौतमले बताउनु भयो ।

गत वर्ष पनि   कक्षा नौ का  ८७ जना विद्यार्थीको लेजर वर्णानुक्रम नमिलाई कन पेश गरीएको  कार्यालयले जनाएको हो । लगातालर उत्कृष्ठ नतिजा ल्याएर  नमुना बनेको विद्यालयले   माध्यमीक शिक्षा उत्रिण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका   विपरीत काम गर्न नियामक निकायलाई दवाब दिँदै आएको छ  ।  जसका कारण जिल्लाका  ८० माध्यमिक विद्यालयहरु  आझेलमा पर्दै आएका छन् ।

यता  विध्यालय व्यवस्थापन समीती अध्यक्ष लोकेन्द्र जङ लामीछानेले  भने विद्यालयले नियामक निकायलाई कुनै पनि दवाब नदिएको  बताउँदै  नियामक निकायले निर्वाध रुपमा निर्देशिका  पालना गराएर   विद्यालयका विध्यार्थीको परीक्षा  स्वच्छ बनाउन आग्रह गर्नुभएको छ । चालु शैक्षीक शत्रमा भने  विद्यालययले प्राबधान नै नागेर विध्यार्थी टिना पुन पछि पुन अंग्रेजी अक्षरको ए बाट अमृत रेग्मीलाई परीक्षामा सहभागि गराएको थियो ।