४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्यटकको रोजाईमा बन्दना

२० फाल्गुन २०७२, बिहीबार ०५:०२

paryatakफागुन २०, पर्बत । शान्त, सफा र स्वच्छ वाताबरणको माहोल भएको होटल बन्दना प्रालि बाग्लुङ पोखरा राजमार्गको नजिक साझा चोकमा अबस्थीत छ ।

२२ बर्षदेखि सेवा कुश्माबजारबाट सेवा दिदै आएको होटल बन्दना अहिले आफ्नै भवनबाट सेवा दिइरहेको छ । सात तले घरबाट सेवा प्रवाह गरेको बन्दना होटल जिल्लाकै आकर्षक र राम्रो होटल हो। सात लाखको लागतमा निर्माण भएको नयाँ भवनबाट अहिले जिल्लाको सदरकमुकाम कुश्माको दृश्य राम्रोसँग अबलोकन गर्न समेत पाइन्छ । यस्तो लाग्छ जिल्लाको सदरमुकाम अबलोकलनको लागि तयार पारिएको जस्तो देखिन्छ ।

बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ त्यतिनै भित्रपनि मनमोहक छ बन्दना । पर्वत थापाठाना निवासी कृष्णप्रसाद श्रेष्ठको एकल प्रयासमा सञ्चालनमा रहेको होटल बन्दना प्रालि, होटल एण्ड रेष्टुरेण्ट हुँदै प्रालि अन्तर्गत समाहित भएर पछिल्लो समयमा आफ्नै भवनमा ६ करोड ५० लाखको लगानीमा स्थापित भएको हो । प्रालिले २०७२ मंसिर १८ देखि पोखरा बागलुङ राजमार्ग अन्तर्गतको साझा चोकभन्दा केही माथिबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

paryatak1

सात तले भवन निर्माण गरी सेवा शुभारम्भ गरेको उक्त होटल बन्दना प्रालिका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले व्यवसायिक रुपमा मात्रै नभई पर्वत जिल्लाका पर्यटन प्रबद्र्धनमा पनि आफुले सञ्चालन गरेको होटलले टेवा पु¥याउने दावी गरे । कुनको कुरामा पनि सार्थक नभएको पनि हैन जिल्लामा बन्दना प्रालि जस्ता अरु होटलको विकास भएको छैन भन्दा पनि फरक नपर्ला ।

जिल्लामा पछिल्लो समयमा होटल संचालनको माहोल बढेता पनि होटलबन्दनाको छवि अरु होटल भन्दा उच्चनै छ । जसका कारण पनि साधरण नागरिक देखि मन्त्रीसमेतलाई बन्दनाले स्वागत गर्न पाएको छ । पछिल्लो समयमा पर्वत जिल्लामा पर्यटकीय सम्भावना रहेको तर त्यसका खातिर उपयुक्त होटल व्यवस्थापनमा कमी देखिएकोले आफुले सञ्चालन गरेको होटल बन्दनाले त्यसलाई सहयोग पुग्ने सञ्चालक श्रेष्ठले बताए ।

५ सय देखि १ हजार सम्मको क्याटरिङ्ग व्यवस्था भएको बताउँदै उनले होटल बन्दनामा ५० देखि १ सय जना सम्म अट्न सक्ने तालिम हलको सुविधा, २ सय देखि २ सय ५० जना सम्म अट्न सक्ने कार्यक्रम हलको व्यवस्था गरिएको समेत उनले बताए ।

एक पत्रकार सम्मेलनका अवसरमा सञ्चालक श्रेष्ठले नयाँ भवनमा ४५ वटा आगन्तुक कोठा रहेको बताउँदै ती रुमहरुमा झण्डै १ सय जना पाहुनाहरु आरामदायी रुपमा बसोबास गर्ने व्यवस्था मिलाउन सक्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

विगतका समयमा उपयुक्त बसोबास नभएका कारण छिमेकी शहर पोखरा लगायत अन्यत्र पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहजै रुपमा सहज र आरामदायी बसोबास दिलाउने र पर्वतको पर्यटन विकासमा टेवा पु¥याउने होटलको लक्ष्य रहेको प्रष्टाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय