२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अखिल क्रान्तिकारी पर्वतको १९ औं जिल्ला सम्मेलन सम्पन्न

२०७२, २१ फाल्गुन शुक्रबार १३:०३

akhil  krantikaiफागुन २१, पर्बत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतको १९ औं जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।

‘संविधान कार्यान्यन गर्दै समृद्ध नेपाल निर्माणको हाम्रो अभियान, शैक्षिक माफिया विरुद्ध संर्घष गर्दै समाजवादी शिक्षा निर्माणका लागि जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन शत्रमा वोल्दै एमाओवादीका केन्द्रिय नेता तथा प्रदेश न. ४ का संयोजक डिलाराम आचार्यले अब मुलुकलाई नेतृत्व गर्ने पार्टी एमाओवादी मात्र भएको दाबी गरेका छन् । मुलुकमा गणतन्त्र ल्याउन र नयाँ संविधान निर्माणमा एमाओवादीको ठुलो योगदान रहेको चर्चा गर्दै उनले मुलुकलाई अब समृद्धिमा लैजाने पनि एमाओवादी भएको बताए ।

एमाओवादीले मुलुकलाई संघात्मक बनाउनदै धरै अग्रगामी एजेण्डा लिएर नयाँ योजना बनाइरहेको भन्दै संविधानलाई कार्यान्यन गर्न अब मुलुकका सबै राजनैतिक पार्टी, जनसमुदाय, विद्यार्थी, युवा, नागरिकहरुले आ आफ्नो तर्फबाट जुट्नुपर्ने धारणा ब्यक्त गरे ।

त्यसैगरी अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रामचन्द्र अधिकारीले अबको शिक्षा प्राविधीक र वैज्ञानीक हुनुका साथै सामाजवादी शिक्षा निर्माणमा आम विद्यार्थीहरु अखिल क्रान्तिकारीमा गोलबद्ध हुनु आग्रह गरे ।

उनले मुलुकमा धनि वर्ग र निम्न वर्ग विचमा शैक्षिक धरातलको खाडल रहेको भन्दै मुलुकका शैक्षिक माफियाहरुको विरुद्धमा संर्घष गर्नुपर्नेमा जोड दिए । त्यसैगरी सम्मेलनमा एमाओवादीका केन्द्रिय सदस्य राजकाजी गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव पुरन केसी, अखिल क्रान्तिकारीका प्रदेश न.४ संयोजक अमरदिप पराजुली, एमाओवादीका जिल्ला अध्यक्ष कृष्ण पराजुली, सहिद परिवार तथा अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष मनरुपा शर्मा लगायतका थुप्रै नेता तथा कार्यकर्ताले शुमकामना मन्तब्य ब्यक्त गरेका थिए ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा स्वागत मन्तब्य अखिल क्रान्तिकारीका ऋषिराम पौडेलले र संचालन तुलसीराम आचार्यले गरेका थिए । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नृत्य समेत प्रस्तुत भएको थियो ।

सापकोटाको नेतृत्वमा ४५ सदस्यीय कार्यसमितिउक्त जिल्ला सम्मेलनले विजय कुमार सापकोटाको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बलराम पौडेल, ऋषिराम शर्मा सचिवमा तुलसीराम शर्मा , कोषाध्यक्षमा सविता आर्चाय र सहसचिवमा राजु नेपाली सर्वसम्मत निर्वाचीत गरेको हो । जिल्लाका विभिन्न विद्यालयबाट सयौंको संख्यामा सहभागि भएका विद्यार्थी प्रतिनिधी पर्यवेक्षकहरुले बन्द शत्रबाट उक्त नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेका थिए ।

महिला सदस्य न्यून
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्वतको कार्यसमितिमा महिलाको सहभागी भने न्यून रहेको पाइएको छ । ४५ जनाको कार्य समितिमा पनि महिलाको सँख्या भने तीन जना मात्र भेटिएको हो ।

महिलाको सहभागीता ३३ प्रतिशत हुनुपर्ने भएता पनि महिलाको सहभागी भने कम नै देखियो जसका कारण अखिल नेपाल स्वतन्त्र विद्यार्थी य्ुनियन (क्रान्तिकारी) को जिल्लामा महिलालाई अगाडी बढाउन नसकेको स्पष्ट किटान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट