Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संखुवासभा दुर्घटनामा परि चार जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

चैत २५, संखुवासभा | जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा आज दिउँसो को २ त ५८०५ नंं ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

दुर्घटनामा चालक रमेश श्रेष्ठ घाइते हुनु भएको छन् । उहाँको चैनपुर उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृतकमध्ये दुईको घटनास्थलमै र एकजनाको सोही उपस्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिजुलीको पोल लिएर चैनपुरबाट फेरुङ्गेतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।

यसैगरी आजै चिचिला गाउँपालिकास्थित भित्री सडकमा ट्याक्टर चढ्ने क्रममा लडेर चिचिला–४ का ५७ वर्षीय कृृष्णबहादुर थापाको मृत्यु भएको छ ।

को २ त ५९८ नं.को ट्याक्टर चढ्ने क्रममा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थापाको खाँदवारी अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।  रासस