2026-09-19 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

११ दिनदेखि वेपत्ता भएका डंगोल मारिएको विवरण उनकै फेसबुकबाट पोष्ट

चैत २६, काठमाडौं । रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको छ ।

स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो ।

तस्वीरसँगै क्याप्सनमा १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको उल्लेख गरिएको छ । भनिएको छ, ‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु । तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’

स्टाटसमा डंगोललाई सिध्याउन राम्रो मौका पाएको र डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख गरिएको छ ।

१५ चैतदेखि बेपत्ता भएका डंगोल हराएलगत्तै भोलीपल्ट उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए । उनको खोजी कार्यलाई व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शरतकुमार थापा क्षेत्री बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई