२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकिकृत अखिल नेपाल जनसांस्कृतीक महासंघको अध्यक्षमा रेग्मी

२२ फाल्गुन २०७२, शनिबार १२:४५

फागुन २२, पर्वत । एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ पर्वतको शनिवार आयोजीत आठौं जिल्ला भेलाले मोती शर्मा रेग्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा किशोर मनश्वी र सिता परियार, सचिवमा देवराज पुरी, सहसचिवमा कुलप्रसाद शर्मा, कोषाध्यक्षमा दिपेन्द्र कार्कीलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा गोपी पुरी, शुक्रराज ढुंगाना, रामजी आचार्य, जगदिश शर्मा पौडेल, प्रनिश गिरी, विमल मायालु, रजनी क्षेत्री, प्रदिप लामिछाने र जिवलाल पराजुलीलाई सर्वसम्मत चयन गरेको हो ।

एमाओवादी निकट जनवर्गिय संगठन घटकका प्रमुख तथा प्रतिनिधीहरुबाट थुप्रै कार्यकर्ता सहभागि भैइ उक्त जनसांस्कृतिक महासंघको नयाँ कार्यसमिति निर्माण भएको थियो । उक्त भेलामा बोल्दै एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका प्रदेश न. ४ सयोजक मनहरी तिमिल्सीनाले पार्टीले जनवादी क्रान्तिका बा्की कार्यभार पुरा गरी पुजीवादी क्रान्तिको आधार तयार पार्नुपर्ने बताएका छन् ।

उनले पुजीवादबाट समाजवादमा पुग्नका लागि जनसांस्कृति महासंघले वैचारीक बहस चलाउने बताए । उनले सांस्कृतिक तथा कलाकारीताको माध्यमबाट समेत कार्यकर्तामा उर्जा थपिने विषयमा जोड दिएका थिए । त्यसैगरी भेलामा एमाओवादीका जिल्ला अध्यक्ष कृष्ण पराजुलीले पार्टीका कमजोरीलाई घचघचाउन जनसांस्कृतिक महासंघले पहल थाल्नु पर्ने बताए ।

समाजमा प्रगतिशील सांस्कृतिककर्मीले परिवर्तनलाई आत्मसात गर्ने बताउँदै अबको नयाँ संविधान कार्यान्यनमा पनि सबै पार्टीलाई सचेत बनाउन उनले आग्रह गरे । भेलामा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला कोषाध्यक्ष मनरुपा शर्मा, जिल्ला सहसचिव दिपक आचार्य, फ्याक्सन इन्चार्ज मानबहादुर कार्की, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शंकर गिरी, क्रान्तिकारी पत्रकार संघ पर्वतका अध्यक्ष मुरारी संगम, प्रलेशका केन्द्रिय सदस्य शैलज पौडेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

त्यसैगरी उक्त अवसरमा स्रष्टाहरु शुक्रराज ढुंगाना, हरिनारायण गिरी, सन्तोषी सुवेदी लगायतले प्रगतिशिल कविता बाचन गरेका थिए । मोती शर्मा रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा स्वागत गोपी पुरीले र संचालन किशोर मनश्वीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान