2026-06-29 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नारी दिवसको आडमा महिलामाथि आर्थिक शोषण

फागुन २४, पर्वत / १०६ औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर जिल्लामा रहेको रेडियो दिदीबहिनीले महिलामाथि आर्थिक शोषण गरेको कार्यक्रममा आएका महिलाहरुले गुनासो गरेका छन् । महिला दिवसका अबसरमा आठौं बृहत पश्चिमाञ्चल महिला महोत्सवको नामपारि उक्त रेडियोले आफ्नो छैठौं बार्षिकउत्सव मनाएकोे र महिलालाई जम्मा पारी टिकटको नाममा महिला दिवसलाई दिदीबहिनीले मागीखाने भाँडो बनाएको कार्यक्रममा आएका महिलाहरुले आरोप लगाएका हुन् ।

par

महोत्सवको नाम पारी यसरी महिलामाथि आर्थिक शोषण गरी ब्रहमलुट पारिन्छ अब देशका महिलाको अबस्था कस्तो हालतमा होला ? अनुमान लगाउन कठिन छ कार्यक्रममा आएका अधिकांश महिलाहरुले भने । देशका हरेक कुनाकुनमा रहेका महिलामाथि विभिन्न बहानामा यसरीनै आर्थिक, शारिरिक , बौद्धिक र मानसिक रुपमा शोषण भएको छ यसको लेखाजोखा कस्ले गर्ने कार्यक्रममा आएका महिलाहरुले भने । राज्यले महिलाको हकअधिकारलाईलाई कागजी रुपमा दिएको छ यसरी खुलेआम महोत्सवको नाममा महिलालाई नै शोषण गरीएको छ यता कसको ध्यान जाने उनीहरुको गुनासो छ ।

महिला दिवसलाई महिलाको हकअधिकार प्रत्याभूतिको बाताबरण तयार गरी उनीको अधिकारको लागि प्रयोग गर्नुपर्ने ठाउँमा सभासद कल्पना चापागाईले महिलामाथि महोत्सवको नाममा शोषण गरेको स्थानीय समाजसेवी मानकुमारी गिरीले बताईन । गत बर्ष जनकल्याण महिला समुहले निशुल्क कार्यक्रम गरेता पनि यसबर्ष भने उक्त रेडियोले महिलामाथि आर्थिक शोषण गरेको उनको ठम्माई छ । “चित्त नबुझ्दा नबुझैपनि पनि दिदीबहिनीले आर्थिक शोषण गर्ने आफ्नो योजना अघिसा¥यो तर अबका दिनमा भने यस्तो हुदैन, यसको लागि महिला दिदीबहिनी र दाजुभाई सचेतहुनु जरुरी छ” उनले भनिन् ।

जिल्लाको खानीगाउँबाट महोत्सवमा अबलोकन गर्न आएकी सिता परियारले महिला महोत्सवको नाममा नारी दिवसको नाम बेचेर आर्थिक शोषण गर्ने सजिलो बाटोका रुपमा रेडियोले लिएको बताइ्रन् । रेडियोले आफ्नो बार्षिक उत्सव मनाउनको लागि नारी दिवसलाई प्रयोग गरेको तिलाहारबाट आएकी भद्रकला लामिछानेले बताइन् ।

एक टिकटको मुल्य पचास

महिला महोत्सवको नाम दिइएको उक्त रेडियोको बार्षिक उत्सवमा प्रवेशको लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । एक दिनको पचास रुपैयाँ तिरेर मात्र महिला तथा बार्षिक उत्सवमा आएका दर्शकहरुले भित्र छिर्न पाउनेछन् । गत बर्ष स्थानीय जनकल्याण महिला समुहले रेडियोले महिला महोत्सवको नाममा महिला माथि आर्थिक शोषण गरेको ठम्माउदै कार्यक्रम हुने स्थान (बान्द्रेबेणी) मा कार्यक्रम गर्न दिएको थिएन जसका कारण रेडियोले गतबर्ष आफ्नो बार्षिक उत्सव मनाउन सकेको थिएनन् । प्रत्येक बर्ष दुई पटक महोत्सवको आयोजना गर्दै आएको रेडियोले यो गत बर्ष कार्यक्रम गर्न सकेको थिएन ।

आर्थिक पारदर्शीतामा प्रश्न

हरेक बर्ष जिल्लामा दुई पटक सम्म महोत्सवको आयोजना गर्ने रेडियोले जतिपनि कार्यक्रम गरेको छ त्यसको आर्थिक पारदर्शीता देखाउन सकेको छैन । कार्यक्रमको सम्पन्नपछि कति खर्च भयो र कति नाफा भयो त्यसको बारेमा उक्त रेडियोले अझैसम्म पत्रकार सम्मेलन गरी जानकारी गराउन सकेको छैन । एक बर्षमा दुईपटक महोत्सव गर्ने पैसा कहाँ बाट आउँछ त्यो पनि रेडियोले खुलाउन सकेको छैन भने कार्यक्रमको आयव्यय पनि खुलाउन सकिराखेको छैन । उद्योग बाणिज्य संघ पर्वतले तीन वा पाँच बर्षमा एक पटकमात्र महोत्सवको आयोजना गर्ने गर्छ तर उक्त रेडियोले दुई पटक जसले गर्दा बर्षमा दुइ पटक महोत्सवको आयोजना गर्ने रकम कहाँबाट आउँछ र रेडियोको आर्थिक स्रोत वा पुर्जी कति छ त्यो पनि रेडियोले सार्वजानिक गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ