2026-10-15 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि…

शुरबहादुर सिंह/चैत २८ जुम्ला | जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ । 

बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई आजै जस्तो लाग्दो रहेछ । 

तत्कालीन नेकपा माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहका बेला सरकार र विद्रोही दुवै पक्षबाट दुर्गम गाउँका बासिन्दा निकै चपेटामा परे । तिनै पीडित गाउँ मध्यको तातोपानी–४ हाँकु जुम्लाको गिडीखोला पनि एक हो । 

आज त्यही गाउँमा २०४९ सालमा स्थापना भई जीर्ण अवस्थामा रहेको गणेश आधारभूत विद्यालय गिडिचौरको दुईकोठे भवन २४ नं कर्णाली वाहिनीअन्तर्गत भगवती दल गण जुम्लामा कार्यरत नेपाली सेनाले आफ्नै श्रमशक्तिमा बनाई दिएपछि त्यस समुदायका स्थानीय नागरिक भने दंग परेका छन् । 

“द्वन्द्वपछि गाउँमा पहिलो पटक हरियो सेता पाटा गरेको पोशाक लगाएको सेना आउँदा केही गर्ने हो कि भन्ने डर लागेको थियो, तर त्यो त शिक्षाको ज्योति खोल्ने विद्यालय बनाई दिन पो आएको रहेछ,” स्थानीयवासी कमला जैसीले भन्नुभयो । 

माघ पहिलो हप्ताको अन्तिम दिनबाट १८ जना नेपाली सेनाले गिडिचौर विद्यालयमै टुकुडी स्थापना गरी ६० दिन बसेर सो विद्यालयको दुईकोठे भवन निर्माण गरेको थियो । 

भगवती दल गणमा कार्यरत नेपाली सेनाको श्रमशक्ति र नगद रु. दुई लाख ५० हजार तथा तातोपानी गाउँपालिकाको रु तीन लाखमा भवन निर्माण भएको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष धिरज जैसीले जानकारी दिनुभयो । 

सो विद्यालयको नवनिर्मित भवन यही चैत २५ गते तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने र निमित्त गणपति पवन थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

सो अवसरमा अध्यक्ष न्यौपानेले आफ्नै श्रमशक्ति र केही नगद दिएर ग्रामीण शिक्षा विकासमा सहयोग पु¥याउने नेपाली सेनाको उच्च प्रशंसा गर्नुभयो । 

“सेनाको हातले निर्माण गर्दा यो विद्यालय करीब रु आठ लाखमा सम्पन्न भएको छ तर यही काम उपभोक्तामा जाँदा रु १६ लाखभन्दा बढी नाघ्थ्यो होला,” उहाँले भन्नुभयो । 

सेना यही देशको बर्दी लगाएको नागरिक हो भन्दै उहाँले स्थानीय समुदायलाई उनीहरुको कामबाट पाठ सिकेर सभ्य समाज निर्माणमा लाग्न अनुरोध गर्नुभयो । 

भगवती दल गण जुम्लाका निमित्त गणपति थापाले समाज विकासको पहिलो आवश्यकता शिक्षा भएकाले दुर्गमको विद्यालयलाई प्राथमिकतामा राखेर भवन निर्माण गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यालय निर्माण मात्र नभई स्थानीय नागरिक र सेनाबीच नजिकको सम्बन्ध निर्माण गर्नु छ, विगतको छाप मेटाउनु छ र सेना हाम्रै भाई छोरा हो भन्ने बुझाउनु छ ।” 

निर्मित उक्त भवन भूकम्प प्रतिरोधात्मक भएको जनाएको छ । 

मुलुकको नेतृत्व गर्ने जनशक्ति तयार गर्ने शिक्षक महान् व्यक्ति भएको टिप्पणी गर्दै निमित्त गणपति थापाले पछिल्लो समयमा समाजमा देखिएका केही शैक्षिक विकृति शल्यक्रिया शिक्षक स्वयम्ले गर्नुपर्ने आँैल्याउनुभयो । 

जिल्ला शिक्षा कार्यालय जुम्लाका विद्यालय निरीक्षक मक्करबहादुर भण्डारीले नेपाली सेनाले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई समुदायका नागरिकले आफ्नो सम्पत्तिका रुपमा संरक्षणका साथै संस्थागत विकास गर्न सुझाव दिनुभयो । 

उहाँले बजेटको भरमा मात्र काम हुन्छ भन्ने समाजका भ्रष्ट प्रवृत्तिका मान्छेलाई सेनाको यो उदाहरणीय कामले सानो बजेटमा पनि इमान्दार र लगनशील मान्छेको समूहबाट ठूलो काम हुँदो रहेछ भन्ने सन्देश प्राप्त भएको बताउनुभयो । 

शिरमा प्रसिद्ध पर्यटकीय ताल गिडिदहको फेदमा रहेको गिडिखोला गाउँमा १५० घरधुरी रहेका छन् भने उक्त विद्यालयमा ८७ जना बालबालिका अध्ययनरत् छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा