2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शुरु भयो रोटर्याक सप्ताह

फागुन ३०, पर्वत । रोटर्याक क्लब अफ पर्वतले आफ्नो सप्ताव्यापी कार्यक्रमको औपाचिरक रुपमा नै शुरु गरेको छ ।

शनिवार राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगलले यसको विधिवत रुपमा उत्घाटन गर्दै कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरे । सन् २०११ मा रोटरी क्लबको सौजन्यमा स्थापना भएको यस क्लबले आफ्नो स्थापना कालको अबसर पारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो ।

१८ बर्षभन्दा माथि र ३० बर्षभन्दा मुनिमा युवापुस्ताहरुको सहभागिता रहेको क्लबले जिल्लामा सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै क्लबलाई अगाडी बढाएको छ । कार्यक्रममा बोल्दै सांसद विकास लम्सालले युवाहरुले देखाएको सामाजिक कार्य प्रशंसा योग्य भएको चर्चा गरे । जिल्लामा हरेक क्षेत्रमा आफ्नो उरदाहित्व भएको बोध गर्दै सामाजिक कार्य गर्दै आएको भन्दै लम्सालले यसलाई निरन्तरता दिन र अरु युवाले पनि यसबाट पाठ सिक्नुपर्ने बताए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकरी झंकनाथ ढकालले पनि युवाहरुको नेतृत्वले गरेको कार्य प्रशंसा योग्नै रहेको बताए । जिल्लाको मुहार फेर्नको लागि मात्रै नभई देशको विकास गर्नको लागि युवाहरुको आवश्यकता रहेको औलाउँदै राज्यले युवाहरुलाई यसरीनै परिचालन गर्न सकेमा देशले काँचुली फेर्नेमा दुइमत नभएको बताए । नेका पर्वतका सचिव विश्वप्रकश प्रसाई, एमालेका पार्टि उपसचिव गोविन्द पहाडी, राप्रपा नेपालका सचिव प्रकाश पौडेल, राप्रपाका सचिव इश्वर गिरी, नेकपा माओवाली (विप्लब)का संयोजक बैगुण्ठ गिरी, रोटरी क्लबका अध्यक्ष गणेशबहादुर क्षेत्री लगाएतले क्लबले गरेको सामाजिक कामको चर्चा तथा प्रशसा गरेका थिए ।

क्लबका अध्यक्ष रो. सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको बारेमा कार्यक्रम मुल संयोजक कृष्णप्रसाद सापकोटाले गरेको थिए भने कार्यक्रमको संचालन सचिव आर.सी पौडेलले गरेका थिए । सो कार्यक्रमको अबसरमा क्लबले क्लवमा सहभागि भएका अतिथिहरुलाई सम्मान समेत गरेका थिए । क्लबको सप्ताहव्यापी कार्यक्रम अनुसार आइतबार जनताधन उमावि बलेवाका दृष्टिविहिनहरुलाई कम्तीमा ३० वटा घडी प्रदान गर्ने कार्यक्रम रहेको छ जसको संयोजक क्लबले रो. उत्तम केसीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई