२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शुरु भयो रोटर्याक सप्ताह

३० फाल्गुन २०७२, आईतवार ०३:४७

फागुन ३०, पर्वत । रोटर्याक क्लब अफ पर्वतले आफ्नो सप्ताव्यापी कार्यक्रमको औपाचिरक रुपमा नै शुरु गरेको छ ।

शनिवार राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगलले यसको विधिवत रुपमा उत्घाटन गर्दै कार्यक्रमलाई औपचारिक रुपमा शुरु गरे । सन् २०११ मा रोटरी क्लबको सौजन्यमा स्थापना भएको यस क्लबले आफ्नो स्थापना कालको अबसर पारी सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो ।

१८ बर्षभन्दा माथि र ३० बर्षभन्दा मुनिमा युवापुस्ताहरुको सहभागिता रहेको क्लबले जिल्लामा सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै क्लबलाई अगाडी बढाएको छ । कार्यक्रममा बोल्दै सांसद विकास लम्सालले युवाहरुले देखाएको सामाजिक कार्य प्रशंसा योग्य भएको चर्चा गरे । जिल्लामा हरेक क्षेत्रमा आफ्नो उरदाहित्व भएको बोध गर्दै सामाजिक कार्य गर्दै आएको भन्दै लम्सालले यसलाई निरन्तरता दिन र अरु युवाले पनि यसबाट पाठ सिक्नुपर्ने बताए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकरी झंकनाथ ढकालले पनि युवाहरुको नेतृत्वले गरेको कार्य प्रशंसा योग्नै रहेको बताए । जिल्लाको मुहार फेर्नको लागि मात्रै नभई देशको विकास गर्नको लागि युवाहरुको आवश्यकता रहेको औलाउँदै राज्यले युवाहरुलाई यसरीनै परिचालन गर्न सकेमा देशले काँचुली फेर्नेमा दुइमत नभएको बताए । नेका पर्वतका सचिव विश्वप्रकश प्रसाई, एमालेका पार्टि उपसचिव गोविन्द पहाडी, राप्रपा नेपालका सचिव प्रकाश पौडेल, राप्रपाका सचिव इश्वर गिरी, नेकपा माओवाली (विप्लब)का संयोजक बैगुण्ठ गिरी, रोटरी क्लबका अध्यक्ष गणेशबहादुर क्षेत्री लगाएतले क्लबले गरेको सामाजिक कामको चर्चा तथा प्रशसा गरेका थिए ।

क्लबका अध्यक्ष रो. सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको बारेमा कार्यक्रम मुल संयोजक कृष्णप्रसाद सापकोटाले गरेको थिए भने कार्यक्रमको संचालन सचिव आर.सी पौडेलले गरेका थिए । सो कार्यक्रमको अबसरमा क्लबले क्लवमा सहभागि भएका अतिथिहरुलाई सम्मान समेत गरेका थिए । क्लबको सप्ताहव्यापी कार्यक्रम अनुसार आइतबार जनताधन उमावि बलेवाका दृष्टिविहिनहरुलाई कम्तीमा ३० वटा घडी प्रदान गर्ने कार्यक्रम रहेको छ जसको संयोजक क्लबले रो. उत्तम केसीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल