पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत २९ लहान | </b>सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुर निवासी एक वृद्ध बुधबार बिहानदेखि बेपत्ता भएका छन् । <br></p><p>आफ्नै खेतमा काम गर्न गएका ६० वर्षीय लक्ष्मण पासवान बेपत्ता भएका हुन् । बुधबार बिहान खेतमा काम गर्न जान्छु भन्दै हिँडेका पासवान अहिलेसम्म घर नफर्किएको परिवारजनले बताएका छन् । </p><p>बेपत्ता भएका पासवानलाई परिवारका सदस्य तथा गाउँलेले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको विष्णुपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष गोपेन यादवले जानकारी दिनुभयो । रासस </p>

