Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०२ गते, बिहान ८:४५ बजे पर्बत - PBT, समाज

कुश्मा नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>बैशाख २, फलेवास | कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काप्mले लामिछाने घाइते हुनुभएको छ ।&nbsp;<br></p><p>काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा सवार उपप्रमुखसहित उहाँकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते हुनुभएको छ । ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो ।&nbsp;</p><p>घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>