2026-07-28 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा नेपालकै दोस्रो ट्राफिक डिजिटल बोर्ड

parbat trafficeमहेन्द्र केसी/ चैत ३, पर्वत । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि तथा नागरिक सचेतना जगाउनको लागि काठमाडौको हनुमान ढोकामा ट्राफिक सचेतना अभिबृद्धि गर्ने अभिप्रयाले ट्राफिक डिजटल बोर्ड राखिएको छ ।

त्यस्तो डिजिटल बोर्ड अन्य सवारी चाप हुने जिल्ला तथा ठूला ठूला सहरहरुमा समेत राख्नको लागि कठिन देखिएको छ तर पर्वतमा भने उक्त डिजिटल बोर्ड रोट¥याक्ट क्लब अफ पर्वतको स्थापना दिवसको अबसरमा आयोजना गरेको सप्ताहव्यापि कार्यक्रमको अन्तरगत मंगलबार एक कार्यक्रमको आयोजना गरि राखिएको छ ।

जिल्लाको ट्राफिक व्यवस्थापनलाई मजबुत बनाउने उद्धेश्यले समानुपातिक तर्फका महिला सांसद् कल्पना चापागाईंको सहयोगमा क्लवले सचेतना बोर्ड राखेको हो । उक्त कार्यक्रममा बोल्दै सांसद कल्पना चापागाईंले युवाहरुले गरेको काम प्रशंसा योग्य रहेको बताइन् यसरीनै जिल्ला जिल्लका युवाहरु एकतामा बाँधिएर विकासका कार्यमा लाग्ने हो भने देशले आर्थिक तथा कल्पना गरेको समृद्ध नेपाल बन्नको लागि धेरै दिन कुर्न नपर्ने जिकिर गरिन् । भने सम्मानीत भएका चालकहरुको अनुसरण गर्नको लागि अन्य चालकलाई समेत आग्रह गरिन् । कार्यक्रममा नै चापागाईंले डिजिटल ट्राफिक सचेतना बोर्डको समेत उद्घाटन गरिन् ।

त्यस्तै जिल्ला सहायक ट्राफिक प्रमुख विकास तिमिल्सिनाले चालकहरुले नियम बमोजिम सुरक्षित तरिकाले सवारी सञ्चालन गरेमा कुनै अवरोध नआउने बताए । ट्राफिकलाई अवरोधको रुपमा नभई सदा सेवाका लागि तयार रहने बताउँदै उनले दुर्घटना हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताए । जिल्लामा डिजिटल ट्राफिक सचेतना बोर्ड राख्नु आफ्नो लागि ट्राफिक अवार्ड पाएको भन्दा ठूलो अवार्ड भएको बताए । कार्यक्रमका अध्यक्ष सन्तोषराज पौडेलले क्लवमा आबद्ध सदस्यहरुले खाजा खर्च र फजुल खर्च नियन्त्रण गरी ट्राफिक व्यवस्थापनलाई पु¥याएको सहयोगको सदुपयोग हुने अपेक्षा गरे । कार्यक्रमको सञ्चालन क्लवका सचिव आरसी पौडेलले गरेका थिए ।

traffice parbat
साझासबालकर्मि सहित ४६ जना सम्मानीत
पर्वत, ट्राफिक सचेतना जगाउनको महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले दुई सहाराकर्मी सहित ४६ जनालाई सम्मान गरेको छ ।  साझासबाल डटकम पर्वत जिल्ला सम्पादक  महेन्द्र केसी र सहारान्यूज दैनिकका सम्पादक प्रनिश गिरी  सहित एक कार्यक्रमका विच ट्राफिक प्रहरीले अन्यलाई सम्मान गरेको हो ।

सम्मान पाउनेमा पत्रकार महासंघका अध्यक्ष दुर्गाप्रसाद शर्मा, नागरिक दैनिकका छविलाल तिवारी, कान्तिपुर दैनिकका अगन्धर तिवारी, अन्नपूर्ण पोष्टका माया अधिकारी, कालिगण्डी दैनिकका कार्यकारी सम्पादक सन्तोष थापा, लक्ष्मण सापकोटा, छन्। त्यसैगरी सुचना केन्द्र डट कमका निर्देशक तथा प्रधान सम्पादक बैगुण्ठ गिरी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, समाचार प्रमुख रोश तिवारी, संगिता केसी, सुवास रेग्मी, रामकृष्ण लामिछाने, रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली, रेडियो दिदीबहिनीकी समाचार प्रमुख दुर्गा शर्मा, कालिगण्डकी टेभिजनका महेन्द्र जिसी, सुवास लामिछाने रहेका छन् ।

अन्यमा धौलागिरी टेलिभिजनका प्रकाश पौडेल, पत्रकार गणेश पौडेल, गणेश गिरी, गणेश पौडेल धौलागिरी पोष्टका प्रधान सम्पाद भवानी शर्मा, विशन क्षेत्री रेडियो नेपालका सम्बाददाता सरस्वती जिज्ञासु रहेका छन् । ट्राफिक सचेतना अभिबृद्ध गर्नेको लागि सहयोग गर्ने समाजसेवी तथा जिल्लामा रहेका बस तथा ट्याक्सी व्यवसायीका पदाधिकारीलाई समेत सम्मान गरिएको छ ।

जसमा समाजसेवी मानकुमारी गिरी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, समाजसेवी तिला गिरी, राजु तुलाचन, काशीकुमार जोशी, रामचन्द्र सुवेदी, पर्वत यातयात व्यवसायीका अध्यक्ष विद्धान गुरुङ, सर्वण अर्याल, धौलागिरी यातयात व्यवसायीका कुमार खड्का, उमेश केसी, हरिविकास जिसी, राम बहादुर गुरुङ,, ट्याक्सी व्यवसायीका नरेश गिरी, प्रहरी सहायक निरिक्षक पूर्णबहादुर जिसी , प्रहरी हबल्दार तिर्थबहादुर पौडेल लाई सम्मान पत्रले सम्मान गरीएको हो ।

उत्कृष्ट चालकलाई ट्राफिक प्रहरीको सम्मान
सोही अबसरमा जिल्ला ट्राफिक कायर्यालय पर्वतले सात जना कुशल तथा उत्कृष्ट सवारी चालकलाई समेत सम्मान गरेको छ । विनाकारी भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीका बेलामा पनि ट्राफिक नियम र कानूनलाई आत्मासथ गरी क्षमता भन्दा बढि यात्रु नराखी सुरक्षित यात्रा गराएको भन्दै ट्राफिक प्रहरीले सात जनालाई कदर पत्रले उनीहरुको कामको सम्मान तथा कदर गरेको हो । सम्मानीत हुनेमा चालक रामकृष्ण बुढाथोकी, विनोद राना, रामु नेपाली, विकास प्रजापति पदम कुमार श्रेष्ठ, बलबहादुर पुर्जा र रविन राना रहेका छन् ।

सधै ट्राफिक नियम उल्लघन गरेको भन्दै कारवाही मात्रै गर्ने प्रहरीले यतिबेला पाँच जना कुशल र उत्कृष्ट चालकलाई सम्मान गरी प्रहरी र चालक विचको सम्बन्धलाई सुमधुर बनाउन सफल भएको छ । प्रहरीले चालकलाई कारवाही मात्रै गदैन, राम्रो काम गरे सम्मान पनि गर्दछ भन्ने सन्देश समेत दिएको । गलत गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने प्रहरीले असल काम गर्नेलाई सम्मान पनि गर्दछ, भन्ने नमुना पेश गर्दै विभिन्न सवारी चलाउने सात चालकलाई सम्मान गरीएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । जसले चालकलाई उनीहरुको हौसाला बढाएको छ भने ट्राफिकलाई नियम तथा व्यवस्थापन गर्न सहज हुने देखिएको छ ।

गुप्तेश्वर गुफालाई डिस् होम
गुप्तेश्वर गुफाको लागि रोट¥याक्ट क्लब अफ पर्वतका सदस्यले डिस ओम हस्तान्तरण गरेका छन् । गुप्तेश्वरमा बस्ने साधुसन्त र त्यहाँ जाने भक्तालु्हरुले समाचार प्राप्त गर्न सकुन भनेर रो. विनोद शर्माले डिस् ओम गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकासका समितिका अध्यक्ष बालगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । ६ महिनाको रिजार्च सहित उनले उक्त डिसओम हतान्तरण गरेका छन् भने जडान गर्दा लाग्ने खर्च समेत आफु्लेनै बेहोर्ने बताएका छन् ।

रोट¥याक्ट क्लब अफ पर्वतको स्थापना दिवसको अबसरपारि आयोजना गरिएको सत्ताहव्यापि कार्यक्रम तथा आफ्नो जन्मदिनको अबसर पारि उनले उक्त सामाग्रही हस्तान्तरण गरेका हुन । जन्म दिनको अबसरमानै मंगलबार शर्माले मोदीवेणीमा रहेका इन्भटर एक , भित्ते घडी एक एक थान, बृद्धबृद्धाहरुलाई चप्पल तथा टिसर्ट र फलफुल समेत वितरण गरेका थिए । क्लबको सप्ताव्यापी कार्यक्रम अन्तरगत बुधबार मुडिकुवामा ह्वील चियर तथा स्टेचर समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ