By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    4 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    7 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका
पर्बत - PBTसमाज

नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका

साझासवाल
Last updated: March 16, 2016 1:42 pm
साझासवाल
10 Min Read
Share

३२ प्रकारका मापदण्ड पुरा गरेपछि मात्रै नीजि विद्यालय खोल्ने प्रकृया शुरु हुने भएको छ । अभिभावकसँग चर्को शुल्क लिने तर विद्यालय हुन आवश्यक पूर्वाधार तथा जनशक्ति समेत नहुने फेला परेपछि अनुमति तथा कक्षा थप गर्नु अघि नै शिक्षा विभागले कडाई गरेको हो । हालै जारी संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिकामा विद्यालय हुन आवश्यक कुराहरुलाई तीन वटा क्षेत्रमा समेटिएको छ । विद्यालय सञ्चालन तथा जनशक्ति व्यवस्था, सिकाइ सुविधा व्यवस्था र शिक्षण सिकाइ तथा मूल्याङ्कनका मापदण्ड गरी उल्लेख गरिएका तीन क्षेत्रका ३२ मापदण्ड पुरा नगर्ने विद्यालयले स्विकृती नपाउने भएका हुन् ।

निर्देशिकामा भएको व्यवस्था अनुसार न्यूनतम मापदण्ड पुरा नगर्ने विद्यालयलाई कक्षा तथा तह थपको अनुमति समेत नदिईने विभागले जनाएको छ । यसका अलावा शिक्षा नियमावली २०५९ अनुसार विद्यार्थी संख्या तथा विद्यालय नक्साङ्कन प्रतिवेदनका आधारमा विद्यालय खोल्नु पर्ने कारण तथा तह वा कक्षा थप्नु पर्ने औचित्य पुष्ट्याई गर्नु पर्ने छ ।

शैक्षिक सत्र २०७३ का लागि आवश्यक नयाँ विद्यालय तथा कक्षा र तह थप गर्ने विद्यालयको विवरण अद्यावधिक गर्नका लागि विभागले सबै जिल्ला शिक्षा कार्यालयलाई परीपत्र गरेको छ । उक्त परीपत्रमा चैत १० गते भित्र विवरण पठाउन भनिएको छ । यसरी विवरण पठाउँदा माग गरेको कक्षा, पुर्वाधारको पुष्ट्याई र अनुमति दिनु पर्ने कारण खुलाउनु पर्ने गरी विभागले निर्देशन दिएको छ ।

यस अघिनै अनुमति लिइ सञ्चालन भएका र कक्षा र तह थपको प्रक्रियामा रहेका विद्यालयहरूको हकमा समेत न्यूनतम मापदण्ड पुरा गर्नु पर्ने छ । तर, यस्ता विद्यालयलाई आवश्यक मापदण्ड पुर्याउन तीन बर्षको समय तोकिएको छ । उक्त अवधिभित्र पनि मापदण्ड पुरा नगर्ने विद्यालयलाई समय सहितको विकल्प दिएर विद्यालय गाभ्ने प्रक्रियामा लगिने गरी सूचना प्रकाशन गर्ने निर्देशिकामा ब्यवस्था छ ।

विद्यालयको न्यूनतम् मापदण्डका लागि  विद्यालय सञ्चालन तथा जनशक्ति व्यवस्था अन्र्तगत निम्न मापदण्ड कायम गरिएको छ :

–    विद्यालय सञ्चालन संयन्त्र – शिक्षा ऐन, शिक्षा नियमावली, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्दे्शिका र विद्यालय विनियमावलीको अधीनमा रहेर मात्र विद्यालयका प्रत्येक गतिविधि सञ्चालन भएको हुनु पर्ने ।

–    जनशक्ति प्रकार– विद्यालयमा १ जना प्रधानाध्यापकसहित शिक्षकहरू र आवश्यक सङ्ख्यामा प्रशासनिक सहायक कर्मचारीको पद नाम भएका जन शक्ति मात्र कार्यरत रहनुपर्ने ।

–    शिक्षक सङ्ख्या– प्रति कक्षा १स् १.४ का दरले शिक्षक सङ्ख्या हुनु पर्ने । विद्यार्थी सङ्ख्याको आधारमा १स्२२ भन्दा कम हुन नहुने।

–    शिक्षकको न्यूनतम योग्यता – शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिमको तहगत शिक्षकको न्यूनतम योग्यता हुनु पर्ने । नियुक्ति पत्रको विवरण जिल्ला शिक्षा कार्यालयमा अद्यावधिक गरिएको हुनु पर्ने ।

–    स्थायी नियुक्ति– शिक्षा नियमावली, २०५९ को नियम १०५ (क) बमोजिमको विद्यालय विनियमावलीको अधीनमा रही शिक्षकको नियुक्ति गरेको हुनु पर्ने ।

–    शिक्षक कर्मचारीहरूको तलब भत्ता – नेपाल सरकारले सरकारी अनुदान अन्तर्गत कार्यरत शिक्षक कर्मचारीका लागि तोकेको सरकारी स्केल नघट्नेगरी तलब भत्ता बैङ्क सुविधा भएको स्थानमा बैङ्क खाता मार्फत भुक्तानी गरेको हुनु पर्ने ।

–    विद्यार्थी परामर्श कक्षा – विद्यार्थीको मनोवैज्ञानिक समस्यालाई बुझेर परामर्श उपलव्ध गराउनका लागि विद्यार्थी परामर्श कक्षाको व्यवस्था भएको हुनुपर्ने ।

सिकाइ सुविधा व्यवस्था अन्र्तगत निम्न मापदण्ड कायम गरिएको छ :

–    जग्गा र घरको स्वामित्व    – विद्यालयको नाममा आफ्नो नामको जग्गा र घर वा कम्तीमा ५ वर्षको घर भाडाका लागि जग्गारघर धनीबिच विधिबत् सम्झौता भएको । ५ वर्ष पछि आफ्नै जग्गा र घर खरिदको योजना बनाएको र विद्यालय संचालककै लगानीमा खरिदको प्रक्रिया प्रस्ट्याइएको हुनु पर्ने ।

–    जग्गाको क्षेत्रफल– विद्यालय भवन वाहेक एकै पटक कम्तीमा सबै विद्यार्थीका लागि बककझदथि सञ्चालन गर्न र  कम्तीमा व्याडमिन्टन र भलिवल खेल्न पुग्ने पर्याप्त जमिन हुनुपर्ने ।

–    विद्यालय हाता – सुरक्षित, सफा सुग्घर र हरियालीयुक्त हुनु पर्ने ।

–     कक्षागत विद्यार्थी सङ्ख्या    – प्रत्येक कक्षामा कम्तीमा २२ जना र बढीमा ४४ जना विद्यार्थी औसतमा ३३ जना विद्यार्थी हुनु पर्नेछ ।

–    कक्षा कोठा – कम्तीमा आधारभूत तहको हकमा १ .० वर्ग मिटर र माद्यमिक तहको हकमा प्रति विद्यार्थी १.२ वर्ग मिटर क्षेत्रफल पुग्ने गरी प्रत्येक कक्षा कोठाको साइज हुनु पर्ने र  सञ्चालित कक्षा र ऐच्छिक विषय समेतलाई पुग्ने छुट्टाछुट्टै प्रकाश तथा हावा ओहोर दोहोर गर्न सक्ने कक्षा कोठा हुनु पर्ने ।

–    कोठाको उचाइ –विद्यालयले आफ्नै जग्गामा घर निर्माण गर्दा कम्तीमा हिमाली क्षेत्रमा ८ फुट, उपत्यकामा ९ फुट र तराइमा १० फुट  उचाइ भएको कक्षा कोठा हुनुपर्ने । प्रत्येक कक्षा कोठामा २ वटा प्रवेशद्वार हुनु पर्ने ।

–    भवनको गुणस्तर – सरकारद्वारा निर्धारित भवन मापदण्डका आधारमा नक्सापास र भूकम्प प्रतिरोधात्मक तथा प्रत्येक कोठामा ह्विलचेयरको पहुँच पुग्ने गरी अपाङ्ग मैत्री भवनको  निर्माण भएको हुनु पर्ने ।

–    प्रशासनिक प्रयोजनका कोठा – कम्तीमा प्रधानाध्यापक कार्यकक्ष,  शिक्षक स्टाफकक्ष, प्रशासन र लेखाकक्ष, पुस्तकालय र वाचनालय कक्ष, स्टोरकोठा र  प्रयोगशाला कक्षका लागि छुट्टा छुट्टै कोठाको व्यवस्था भएको हुनुपर्ने ।

–    खानेपानी व्यवस्था – सबै  विद्यार्थीहरूका लागि पर्याप्त र स्वच्छ पिउने पानी उपलव्ध गराउन सक्ने गरी धारा र पानी ट्याङ्कीको व्यवस्था भएको हुनुपर्ने ।

–    शौचालय र सफाइ व्यवस्था – कम्तीमा ५० विद्यार्थी बराबर पानीको धारा जडित १ शौचालय र युरिनल छात्र छात्राको लागि छुट्टा छुट्टै पुग्ने गरी उपलव्ध  हुनुपर्ने ।

–    फर्निचर – विद्यार्थीको उमेर सुहाउँदो हुने गरी उचाइका हकमा आधारभूत तहमा १६’ २२’ र माध्यमिक तहमा २२’२६’ इन्च र चौडाइ कम्तीमा १५’ इन्च भएको  बेन्च डेस्क हुनुपर्ने ।

–    बुक र्याक र बुक कर्नर– सबै विद्यार्थीले प्रयोग गर्न पाउने गरी प्रत्येक कक्षा कोठामा आवश्यक सङ्ख्याका बुकर्याेकरबुक कर्नर उपलव्ध हुनु पर्ने ।

–    कम्प्युटर ल्याब – कम्तीमा एक पटक प्रयोग गर्दा २ विद्यार्थी बराबर १ कम्प्युटर पुग्ने गरी कम्प्युटर विषय शिक्षण र सबै विद्यार्थीलाई कम्प्युटर साक्षरता कक्षा सञ्चालन गर्न पर्याप्त सङ्ख्यामा कम्प्युटर, प्रिन्टर र LCD projector सहितको computer lab हुनुपर्ने ।

–    प्रयोगशाला – विज्ञान लगायतका प्राविधिक र व्यावसायिक विषय शिक्षणका लागि सबै विद्यार्थीले कार्यशाला सञ्चालन गर्न पुग्ने उपकरणसहितको प्रयोगशाला हुनुपर्ने ।

–    पुस्तकालय – विद्यालयमा पठनपाठन हुने सबै कक्षाका सबै विषयहरूसँग सम्बन्धित शिक्षक र विद्यार्थीका लागि उपयोगी कम्तीमा आधारभूत तहमा १००० थान र माध्यमिक तहको विद्यालयमा १५०० थान सन्दर्भ सामग्रीहरूको सङ्कलनसहितको पुस्तकालय हुनुपर्ने ।

–    उपचार कक्ष     – विद्यार्थी तथा शिक्षकहरूका लागि सामान्य स्वास्थ्योपचार गर्न औषधि, उपकरण र जनशक्ति सहितको उपचार कक्ष हुनुपर्ने ।

शिक्षण सिकाइ तथा मूल्याङ्कनका मापदण्ड अन्र्तगत निम्न मापदण्ड कायम गरिएको छ :

–    पाठ्यक्रम –    नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा स्वीकृत पाठ्यक्रम लागु गरेको हुनुपर्ने ।

–    पाठ्यपुस्तक – पाठ्यक्रम विकास केन्द्रद्वारा जारी र स्वीकृत गरिएको विषयगत पाठ्यपुस्तक लागु गरेको हुनुपर्ने ।

–    थप पाठ्य सामग्री (reference materials) –  पाठ्यक्रम विकास केन्द्रले थप पाठ्य सामग्रीको रूपमा स्वीकृत सन्दर्भ सामग्री (additional text book) प्रयोग भएको हुनुपर्ने ।थप पाठ्यसामग्री प्रयोग गर्दा तह अनुसार, विद्यार्थीको उमेर र परिपक्वता जस्ता मनोवैज्ञानिक पक्षलाई समेत ध्यानमा राखेर सङ्ख्या एकिन गर्नु पर्ने ।

–    शिक्षक सहयोगी सामग्री – शिक्षककालागि विषयगत रूपमा तयार गरेको सहयोगी सामग्री (teachers’ guide book) व्यवस्था हुनुपर्ने ।

–    वार्षिक पठनपाठन तालिका – पाठ्यक्रमले निर्धारण गरेअनुसार वर्षमा २२० दिन विद्यालय सञ्चालन र १९२ दिन खुद पठनपाठन सञ्चालन भएको हुनुपर्ने ।

–    कक्षागत परीक्षा – पाठ्यक्रमले तोकेअनुसार प्रत्येक विषयमा त्रैमासिक, अर्ध वार्षिक र वार्षिक परीक्षा विषयगत शिक्षकबाट प्रश्नपत्र निर्माण गरी विद्यालयमै सञ्चालन गर्ने साथै निर्माणात्मक र निर्णयात्मक (formative and summative) दुवै प्रकारका मूल्याङ्कनका साधनहरू प्रयोग गरेको हुनुपर्ने ।

–    आधारभूत तह उत्तीर्ण परीक्षा – (कक्षा–८ को जिल्लास्तरीय परीक्षा )    निम्न माध्यमिक शिक्षा उत्तीर्ण समितिले तोके अनुसार जिल्ला शिक्षा कार्यालयले आधारभूत तहको अन्त्यमा लिइने परीक्षा सञ्चालन गरेको हुनु पर्ने ।

–    कक्षा–३ र ५ को सिकाइ उपलब्धि परीक्षण –    प्रत्येक विद्यालयले प्रत्येक वर्षको वार्षिक परीक्षा सम्पन्न भएको १ महिना भित्र स्रोतकेन्द्रले नमुनाका रूपमा अथवा सबै विद्यार्थी समेटेर सञ्चालन गर्ने कक्षा–३ र ५ को सिकाइ उपलब्धि परीक्षामा विद्यार्थी सहभागी गराउने ।

–    शैक्षिक उपाधिको प्रमाण पत्र – प्रत्येक विद्यालयले वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्पन्न गर्ना साथ प्रत्येक विद्यार्थीलाई शैक्षिक प्रमाण पत्र अनिवार्य प्रदान गर्ने तथा विद्यालय छाडेर अन्यत्र जाने विद्यार्थीहरुलाई अनिवार्य रुपमा स्थानान्तरण प्रमाण पत्र प्रदान गर्ने ।

निर्देशिका लागू भएपछि नीजि विद्यालयका संस्थाहरुले भने विरोध गरेका छन् ।

प्याब्सनको प्रश्न : शुल्क तोक्ने मन्त्रालय को हो ?

तर, उक्त निर्देशिका तुरुन्त लागू गर्नु पर्ने सरोकारवालाको भनाई छ ।

शिक्षाको व्यापार अन्त्य गर्न शुल्क निर्धारण मापदण्ड कार्यान्वयन हुनै पर्ने

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article मधेस बिकास अभियानको बैठक सम्पन्न, चैत्र मसान्तमा उद्घाटन गरिने
Next Article नीजि स्कुल खोल्न ३२ मापदण्ड, पहिल्यै खुलेकालाई तीन वर्ष मौका
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

नोबेल मेडिकल कलेजद्वारा विश्वकपमा छनोट भए १५ लाख र फाइनलसमेत जिते २० लाख रकम दिने घोषणा

57 years ago
समाज

कस्तो छ आज देशभरको मौसम ?

57 years ago
समाज

जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

57 years ago
समाज

आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?