2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसएलसीमा म्यासेन्जर र भाइबरबाट चिट चोरी, सम्बन्धित निकाय मौन

राम नारायण पंडित, चैत्र
२३, सिरहा । 
प्रवेशिका परिक्षा एसएलसीमा भाइबर र म्यासेन्जरबाट सिरहामा शिक्षक तथा
अभिभावकहरुले चिट चोराउने नयाँ तरिका अपनाइएको भएपनि सम्बन्धित निकाय मौन देखिएको छ ।

chit

परीक्षा हलमा सहभागी
विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा
केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट गर्ने गरेको पाइएको छ ।
उक्त प्रश्नपत्रका आधारमा उत्तर तयार गरी पुनः भाइबर वा म्यासेन्जरको साथै बिभिन्न तरिकाले परीक्षा
केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट गर्नका लागि पठाउने गरिएको छ ।

एसएलसी परीक्षाको पहिलो दिन देखिनै सिरहाको अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र
म्यासेन्जर मार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमले उत्तर विद्यार्थीसम्म पुर्याउने गरिएको नाम
नखुलाउने शर्तमा एक शिक्षकले बताए । सिरहा सदरमुकामकाको साथै लहान, मिर्चैया, जमदह, गोलबजार, कर्जन्हा,
बन्दिपुर, फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जरबाट चिट
चोराउने गरिएको श्रोतको दाबी रहेको छ ।

सिरहामा यस वर्ष एसएलसी
परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र वनाई
गार्ड वस्ने गरेको पाइएको छ । यसअघि पनि जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुबाट फर्जि गार्ड फेला
परेपनि सम्बधित निकायको मौनताको कारण उक्त कार्य रोकिएको छैन् ।

परिक्षामा एउटा बेन्चमा दुई जना परिक्षार्थी बस्ने नियम रहेपनि जिल्लाका अधिकांश परिक्षा
केन्द्रहरुमा एउटा बेन्चमा ५ जना सम्म बसेको पाईएको छ । यति मात्र नभएर सिट जहाँ भएपनि परिक्षार्थीहरु
आफुखुसी परिक्षा हलमा बसेको पाईएको छ ।

परिक्षा केन्द्रहरुका
केन्द्राध्यक्षहरुले आफ्नो केन्द्रमा फर्जि गार्ड नरहेको दाबी गर्नु, नक्कली गार्ड फेला पर्नु र
परिक्षार्थी परिक्षाहलमा आफुखुसी बस्नुले परिक्षा केन्द्रहरुमा मिलोमतो भएको सहजै अनुमान लगाउन सकिन्छ ।
यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड वसेको पाईएमा कार्वाही
गर्ने बताउनु भयो । सिरहामा यस बर्ष कूल ३८ वटा परीक्षा केन्द्रबाट १३ हजार २ सय ३५ जना विद्यार्थी
एसएलसीमा सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक