2026-10-15 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यातायात सिण्डिकेट खारेजी आन्दोलनको प्रभाव कर्णालीमा नपर्ने

सुर्खेत, ५ बैशाख । यातायात क्षेत्रको सिण्डिकेटविरुद्ध सरकार कडारूपमा प्रस्तुत भएको भन्दै यातायात समितिले आन्दोलन घोषणा गरेका छन् । तर सुर्खेतमा सञ्चालनरत मध्यपश्चिम र काँक्रेविहार यातायात व्यवसायी समिति बाहेक अन्य यातायात व्यवसायीहरु आन्दोलनमा सरिक नहुने बताए पछि आन्दोलनको प्रभाव नपर्ने देखिएको हो ।

कर्णाली प्रदेशमा भने सिण्डिकेटविरुद्धको आन्दोलनले प्रवाभ नपर्ने संकेत देखिएको छ भने थोत्रा सवारीमा अत्यधिक भाडा तिरेर चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेमा यात्रुहरु समेत आशावादी बनेका छन् । देउती यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनीले सरकारले ल्याएको नीति व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् । आफूहरुले राज्यलाई कर तिरेर कम्पनीअनुसार दर्ता भएको भन्दै उनले राज्यले निर्माण गरेको सडकमा कसैको सिण्डिकेट मान्य नहुने बताए ।

जुनीले सुर्खेतमा अन्य व्यवसायीहरूले यातायात बन्द गरे पनि देउती यातायातले सेवा प्रवाह गर्न नछाड्ने प्रतिबद्धता जनाए । उनका अनुसार सुर्खेतबाट कर्णाली प्रदेश र अन्य जिल्लाका लागि देउती, नमस्ते, बुलबुले र रारा छाँयानाथ यातायात प्रालिले नियमित सवारी सञ्चालनको अनुमति पाएका छन् ।

यसकारण सिण्डिकेटविद्धको आन्दोलन निष्प्रभावी हुने संकेत देखिएको हो । उता काँक्रेविहार यातायात व्यवसायी समिति र मध्यपश्चिम बस व्यवसायी संघले भने केन्द्रले दिएको निर्देशन गरे बमोजिम आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने