2026-06-29 07:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लागुऔषधसम्बन्धी सचेतना जगाउँदै सकियो रोट¥याक्ट सप्ताह

पर्वत, रोट्रयाक्ट क्लव अफ पर्वतले आफ्नो स्थापना दिवसको अबसरपारि आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेता जगाउँदै समापन गरेको छ । यहि फाल्गुन २९ गतेदेखि सुरु भएको रोट्रयाक्ट सप्ताहको अन्तिम दिन शुक्रबार शिवालय बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लागूपदार्थ दुव्र्यसनी सम्बन्धि चेतानमुलक कार्यक्रम दिईएको हो । कार्यक्रममा दुव्र्यसनमा फसेका युवायुवतीहरुलाई नयाँ दुव्र्यसनबाट छुटकारा दिलाउने संस्था नौलो घुम्ती नेपालका प्रशिक्षक र  नयाँ जीवन पुर्नस्थापना केन्द्र बाग्लुङ्गकाका टिकासिंह पुनले पनि प्रशिक्षार्थीहरुलाई लागूपदार्थ बाट टाढै रहन सुझाव व्यक्त गर्दै प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले यस्ता दुव्र्यसनीका विरुद्ध कडा कानुन बनाई दुव्र्यसनीको कारोबारी गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

प्रशिक्षार्थी विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय पर्वतको सहयोगमा लागूपदार्थ दुव्र्यसनीमा फस्ने तरिका, त्यसले पु¥याउने नकारात्मक असर र घरपरिवार तथा समाजको हेर्ने दृष्टिकोणको बारेमा सचेतनामुलक टेलिश्रृंखला समेत प्रस्तुत ग¥यो । कार्यक्रमकै अबसरमा स्वास्थ आमा समुह पातिचौर लाई स्टे«चर तथा बालमन्दिर प्राथमिक विद्यालयका दृष्टिबिहिन शिक्षिका शान्ति पौडेल र शिवालय उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने दृष्टिबिहिन शिक्षक हरिदत्त पौडेललाई बोल्ने घडी समेत वितरण गरिएको थियो  । कार्यक्रमको समापन गोपाङघाटमा रहेको गुम्बामा रहेर शान्तिको कामना सहित समापन गरिएको थियो । क्लवका अध्यक्ष सन्तोषराज पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा क्ल्वका सचेतक गोविन्द रिजालले कार्यक्रमलाई समय निर्धारण गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव आरसी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ