२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लागुऔषधसम्बन्धी सचेतना जगाउँदै सकियो रोट¥याक्ट सप्ताह

६ चैत्र २०७२, शनिबार ०३:४९

पर्वत, रोट्रयाक्ट क्लव अफ पर्वतले आफ्नो स्थापना दिवसको अबसरपारि आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेता जगाउँदै समापन गरेको छ । यहि फाल्गुन २९ गतेदेखि सुरु भएको रोट्रयाक्ट सप्ताहको अन्तिम दिन शुक्रबार शिवालय बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लागूपदार्थ दुव्र्यसनी सम्बन्धि चेतानमुलक कार्यक्रम दिईएको हो । कार्यक्रममा दुव्र्यसनमा फसेका युवायुवतीहरुलाई नयाँ दुव्र्यसनबाट छुटकारा दिलाउने संस्था नौलो घुम्ती नेपालका प्रशिक्षक र  नयाँ जीवन पुर्नस्थापना केन्द्र बाग्लुङ्गकाका टिकासिंह पुनले पनि प्रशिक्षार्थीहरुलाई लागूपदार्थ बाट टाढै रहन सुझाव व्यक्त गर्दै प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले यस्ता दुव्र्यसनीका विरुद्ध कडा कानुन बनाई दुव्र्यसनीको कारोबारी गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

प्रशिक्षार्थी विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय पर्वतको सहयोगमा लागूपदार्थ दुव्र्यसनीमा फस्ने तरिका, त्यसले पु¥याउने नकारात्मक असर र घरपरिवार तथा समाजको हेर्ने दृष्टिकोणको बारेमा सचेतनामुलक टेलिश्रृंखला समेत प्रस्तुत ग¥यो । कार्यक्रमकै अबसरमा स्वास्थ आमा समुह पातिचौर लाई स्टे«चर तथा बालमन्दिर प्राथमिक विद्यालयका दृष्टिबिहिन शिक्षिका शान्ति पौडेल र शिवालय उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने दृष्टिबिहिन शिक्षक हरिदत्त पौडेललाई बोल्ने घडी समेत वितरण गरिएको थियो  । कार्यक्रमको समापन गोपाङघाटमा रहेको गुम्बामा रहेर शान्तिको कामना सहित समापन गरिएको थियो । क्लवका अध्यक्ष सन्तोषराज पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा क्ल्वका सचेतक गोविन्द रिजालले कार्यक्रमलाई समय निर्धारण गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव आरसी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ