न्युनतम पारीश्रमीक निर्धारण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

न्युनतम पारीश्रमीक निर्धारण"/>

2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

श्रमजिवी पत्रकारहरुले न्युनतम पारीश्रमीक नपाएको गुनासो

कमला राना/वैशाख ६ नवलपरासी | श्रमजिवी पत्रकाहरुले न्युनतम पारीश्रमीक नपाएको आज कावासोतिमा आयोजित एक कार्यक्रममा गुनासो गरेका छन ।

न्युनतम पारीश्रमीक निर्धारण समीतिको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपरासीको सहसयोजनमा आयोजित श्रमजिवि पत्रकार सम्बन्धीत ऐन कार्यान्वयनको अवस्था विषयक एकदिने अन्तरकृयामा बोल्ने पत्रकारहरुले यस्तो बताएका हुन ।

अन्तरकृया कार्यक्रममा बोल्दै पत्रकारहरुले अति न्युन पारीश्रमीमकमा काम गर्नु परीरहेको गुनासो गरेका थिए। अधिकाश मिडिया हाउसहरुले भोलीन्टीयरको रुपमा मात्र पत्रकारहरुलाइ काममा लगाउने र अति न्युन पारीश्रमीक समेत समयमा उपलव्ध नगराउने गुनासो गरेका थिए ।

यसैगरी मिडीया हाउसहरुमा महिला र पुरुष पत्रकारहरुमा पारीश्रमीकको विभेद रहेको बताउदै न्युनतम पारीश्रमीक कागजमा मात्र नभइ कार्यान्वयनमा ल्याइनुपर्ने र कार्यान्वयन भए नभएको अनुगमन हुनुपर्नेमा बोल्ने पत्रकारहरुले जोड दिएका थिए ।  

कार्यक्रममा बोल्नुहुदै न्युनतम पारीश्रमीक निर्धारण समिीतका अध्यक्ष गगाधर पराजुलीले सरकारले हरेक तहका कर्मचारीको बर्षेनि तलब बृद्धि गर्ने गरेपनि श्रमजिवि पत्रकारहरुको तलबमा बृद्धि हुन नसकेको बताउनुभयो ।

पत्रकारहरुले आफनो दक्षता अभबिृद्धि गर्नुपर्ने बताउनुहुदै अध्यक्ष पराजुलीले पत्रकारीता क्षेत्रमा गम्भीर भइ लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष पराजुलीले हरेक मिडिया हाउसले आफ्ना पत्रकार कर्मचारीहरुलाइ न्युनतम पारीश्रमीक प्रदान गर्नुपर्ने बताउनुहुदै मिडिया हाउसहरु स्थानिय तहमा र प्रदेश तहमा समन्वय गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्नुहुदै नेपाल पत्रकार महासंघका नवलपरासीका अध्यक्ष होमराज रानाभाटले पत्रकारहरुको न्युनतम पारीश्रमीक दिलाउनको लागी नेपाल पत्रकार महासंघ नवलपरासीले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा न्युनतम पारीश्रमीक निर्धारण समीतका अध्यक्ष गगाधर पराजुली प्रमुख अतिथी रहनुभएको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघका पुव अध्यक्ष नारायण शर्मा, नेपाल प्रेस युनीयनका केन्द्रीय सचिव केवि राना, नेपाल क्रान्तीकारी पत्रकार महासंघका केन्द्रीय सचिव राम कुमार श्रेष्ठ, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष श्री राम सिग्देल, जनजाति पत्रकार महासंघ फोनीज नवलपुरका अध्यक्ष आशिफ गुरुङ, नेपाल प्रेस चौतारीका जिल्ला उपाध्यक्ष शालिकराम कोइराला लगाएत नवलपुर क्षेत्रका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ नवलपुरका सह सचीव विष्णु गौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो