2026-09-19 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरसफाइ सम्बन्धी पत्रकारसँग अन्तरक्रिया

पर्वत,  जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला बनाउनको लागि पत्रकारको भुमिका के रहेन र कसरी जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला बनाउन सकिन्छ भन्ने विषयमा शनिवार पर्वतमा सरसफाई सम्बन्धी पत्रकारसँग अन्तरक्रिया सम्पन्न भएको छ । जिल्लामा  रहेका ४७ गाविस र एक नगरपालिकालाई अब कसरी सरसफाई युक्त बनाउन सकिन्छ र जिल्लामा सफा खानेपानीको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई कसरी सफा पानीको पहुँचमा पु¥याउन सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम भएको हो ।

जिल्लालाई सरसफाई युक्त बनाउनको लागि आवश्यक पर्ने पूर्वधारको विकास र त्यसमा स्थानीयको पहुँच कसरी पु¥याउने र आधारभूत कुराहरुको कसरी व्यवस्थान र नागरिकसम्म पु¥याउने भन्नेबारेमा उक्त छलफल भएको हो । छलफलका क्रममा सरसफाई सम्बन्धी ज्ञान भएता पनि त्यसलाई बजारीकरण तथा कार्यन्वयनमा ल्याउनको लागि कठिन भएका कारण पनि समस्या पैदा भएको भन्दै अब त्यसलाई कसरी सामाजिक बजारीकरण गर्ने भन्नेबारेमा छलफल भएको थियो । स्थानिय स्रोत र साधनको प्रयोग गरी  जिल्लाई पूर्ण सरसफाइ गराउन सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम भएको थियो । सामाजिक बजारीकरण गर्नको लागि गाउँ देखि सहरसम्म स्थानीय परम्परा वा बोलीचालीकै आधारबाट चेतना जगाउने छलफल समेत भएको थियो । पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाको बार्षिक योजना अन्तरगत रहेको उक्त कार्यक्रममा जिल्लामा आगामी दिनमा गरिने खानेपानीका ठूलो तथा साना योजनाको बारेमा समेत छलफल गरिएको थियो ।

वास पत्रकार मंचमा थापा
वास पत्रकार मंचको अध्यक्षमा सन्तोष थापा पुन सर्वसहमत रुपमा चयन भएका छन् । उपाअध्यक्षमा रोशन तिवारी, सचिवमा विशन क्षेत्री, कोषाध्यक्षमा संगिता केसी, सहसचिवमा लिवियाना चौहान रहेका छन् भने सदस्यहरुमा सुवास लामिछाने, महेन्द्र केसी, महेन्द्र जिसी, राजकुमार पोख्रेल, डिल बहादुर विक, दुर्गा शर्मा चयन भएका छन् । भने सल्लाहकार समितिमा छविलाल तिवारी, लक्ष्मण सापकोटा,       मरारी संगम, बैगुण्ठ गिरी र  राजबाबु पिसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई