बैशाख २, सिराहा । प्रहरीले हतियारसहित सिराहा नगरपालिका–११ बाट दुइजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा
सिरहा– ९ का गणेश यादव र वडा नम्बर ११ का धनिक कामती रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी
एकनारायण कोइरालाले बताए ।
सिरहा– ११ का सत्यदेव कामतीलाई
आर्थिक लेनदेनको विषय लिएर पेस्तोल देखाएर धम्काउन आएका यादव र कामतीलाई छिमेकिले नियन्त्रणमा लिएर
प्रहरीलाई जिम्मा लगाएको स्थानीयले जानकारी दिए ।
लेनदेनको विषय
मिलाउन पेस्तोल निकालेर सत्यदेवको कनचटमा भिराएपछि घरका अन्य सदस्य र छिमेकी मिलेर दुवैजनालाई
नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो ।
उनीहरु दुवैजनालाई
बुधबार राति १० बजे प्रहरीले पक्राउ गरेको थियो। एक थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने एक राण्ड
गोलीसहित पक्राउ यादव र कामतीलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको डिएसपी कोइरालाले बताए ।