३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फ्रन्टलाइन विकास व्यस्थापन परामर्श केन्द्र संचालनमा

७ चैत्र २०७२, आईतवार १०:०५

चैत्र ७, कुश्मा  , जिल्लालाई मुख्य कार्य क्षेत्र वनाई सरकारी, सामाजिक संघ संस्था र निजी तथा साझेदारी व्यवसायका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्य सहित फ्रन्टलाइन विकास व्यवस्थापन परामर्श केन्द्र संचालनमा आएको छ । आइतवार कुश्मामा एक कार्यक्रम विच पर्वत उद्योग वार्णीज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने र गैसस महासंघ नेपालका पश्चिमाञ्चल क्षेत्रीय इन्चार्ज एवं केन्द्रीय सदस्य देवीप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रिवन काटेर केन्द्रको शुभारम्भ गर्नु भएको हो ।

केन्द्रले विभिन्न सरकारी, गैरसरकारी, सामाजिक संघ संस्था,निजि तथा साझेदारी व्यवसायिक क्षेत्रका व्यवस्थापकीय, लेखा , कर भ्याट सम्वन्धी सेवा, औधोगिक परामर्श, व्यवसायिक तथा वजारीकरण कार्ययोजना, सुचना संचार, प्रविधि, कम्प्युटर कोर्शहरु, सफ्टवयर र व्यवसायिक कृषि र पशुपालनका क्षेत्रमा सेवा दिने गरि कार्य संचालन गर्न लागेको र विषय विशेषज्ञताको सहकार्य र व्यवस्थापनमा सम्पूर्ण कार्य गरिने केन्द्रका व्यवस्थापक शिवप्रसाद शर्माले वताउनु भयो ।

कार्यक्रममा वोल्दै पर्वत उद्योग वार्णिज्य संघका अध्यक्ष हरिओम शर्मा लामीछानेले पर्वतमा उद्योगी व्यवसायी, सहकारी र संघ संस्थाहरु कर तथा लेखा र व्यवसायिक कार्ययोजना निर्माण सम्वन्धी समस्याबाट दुःख पाइरहेको अवस्थामा परामर्श केन्द्रले भरपर्दो सेवा उपलव्ध गराउन सके सबैलाई राहात हुने धारणा व्यक्त गर्नु भयो । करलाई मासिक अनलाइनमा इन्ट्री गर्न समस्या रहेकोमा आगामी दिनमा भरपर्दो सेवा दिन केन्द्र सफल हुने आशा व्यक्त गर्नुभयो ।

गैसस महासंघ नेपालका पश्चिमाञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य देवीप्रसाद तिमिल्सिनाले पर्वत जिल्लामा यस प्रकारको सेवाको आवश्यकता पहिल्यै देखि भएको बताउँदै विषय क्षेत्रमा केन्द्रीत भएर उत्कृष्ठ सेवा दिन सके प्रयास सार्थक हुने धारणा व्यक्त गर्नु भयो ।
फ्रन्टलाइन विकास व्यवस्थापन केन्द्रका प्रवन्धक शोभा आचार्य शर्माले सेवामा उत्कृष्टता र दिगोपना हुने गरि कार्य गर्ने प्रतिवद्धता सहित सल्लाह सुझाव, हौसला र प्रेरणा दिने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ