2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रेस चौतारी पर्वतद्धारा शर्मालाई केन्द्रिय अध्यक्षको रुपमा अघि सार्ने निर्णय

                     12884533_1259369084078605_276524743_nपर्वत, । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको वैठक शनिवार कुश्माबजारमा सम्पन्न भएको छ । वैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । प्रेस चौतारी नेपालका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माको विशेष उपस्थितिमा सम्पन्न बैठकले नजिकिदै गरेको महाधिवेशनलाई लक्षित गर्दै विभिन्न कार्यक्रम गर्ने निर्णय भएको हो ।

बैठकले जिल्ला शाखामा आवद्ध रहेका सदस्यता नविकरण गर्ने र नयाँ पत्रकारलाई सदस्यता विस्तार गर्ने, तथा बरिष्ठ उपाध्यक्षलाई केन्द्रिय अध्यक्षको रुपमा अघि सार्ने निर्णय पनि गरिएको छ । बरिष्ठ उपाध्यक्ष शर्मालाई केन्द्रिय अध्यक्ष पदमा शसक्त रुपमा प्रस्तुत गर्नका लागि तत्काल धौलागिरि अञ्चल तथा ४ नम्वर प्रदेश स्तरिय भेला गर्ने भएको छ । आगामी वैशाख ४ गते कास्कीको काँडेमा प्रदेश स्तरिय भेला गरिने र त्यसका लागि प्रेस चौतारी नेपाल पर्वत शाखाका निवर्तमान अध्यक्ष गणेश पौडेललाई संयोजक तोकिएको छ ।  त्यसैगरी महाधिवेशन र अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि सहयोग समिति समेत गठन गरिएको छ । प्रेस चौतारी पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माको संयोजकत्वमा जिल्ला शाखाका पूर्व अध्यक्षहरु र पदाधिकारी सदस्य रहने गरि समिति समेत गठन गरिएको छ ।

वैठकले सर्वसम्मत रुपमा शर्माको उम्मेदवारी दिनका लागि आवश्यक बातावरण निर्माण गर्ने र त्यसका लागि पार्टी तहबाट पनि आवश्यक पहल गरिने जिल्ला सचिब कृष्ण अखेलीले जानकारी दिए । प्रेस चौतारी पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, नेकपा एमाले पर्वतका सचिब पदमपाणी शर्मा, उपसचिब गोविन्द पहाडि प्रेस चौतारीका संस्थापक अध्यक्ष भोलनाथ शर्मा, निवर्तमान अध्यक्ष गणेश पौडेल, इन्द्रमान खत्री, सल्लाहाकार गणेश पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई