Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् महोत्तरीकी ललिताले

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १२ गौशाला | महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् ।

पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् ।

धनुषा जिल्लाको खरिहानी माइती रहेकी ललिताले २०५० सालमा शत्रुघन पासवानसँग विवाह भएको र सोही बेलादेखि नागरिकता बनाइदिन पतिलाई पटकपटकभन्दा पनि आज, भोलि भन्दाभन्दै २५ वर्ष बितिसकेको ललिताले बताइन् । किन नागरिकता नबनाइदिएको भन्ने कारण खुल्न सकेको छैन ।

गरीब र दलित परिवारकी ललिताले नागरिकताको अभावमा आफूले गाउँमा दलितका लागि आउने विभिन्न कार्यक्रममा सहभागी हुन नपाएको, छोराछोरीले स्कूल पढ्न नपाएको तथा अन्य विभिन्न सुविधाबाट समेत वञ्चित भएको गुनासो सुनाइन् ।

ललिताको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता किन नबनाइदिएको भनी उनका पति शत्रुघनसँग सोध्दा उनले पुनः आउँदो १५ दिनभित्र बनाइदिने बताए । रासस