2026-07-24 10:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बल्झने हो की मधेस आन्दोलन

लामो समय मधेस आन्दोलन र नाकाबन्दीका कारण देशले ठूलो रुपमा क्षती व्यहोर्न बाध्य भयो । नाकाबन्दी र मधेस आन्दोलनको घाउ अझै पुरा रुपमा निको हुन पाएको छैन । नाकाबन्दी र मधेस आन्दोलनका कारण थिल्चीएको अर्थतन्त्र अझै तङग्रीन समेत सकेको छैन । भूकम्पले थिलोथिलो पारेको जनजीवन अझै पनि पूर्ण रुपमा उठ्न सकेको छैन । नाकाबन्दीका कारणनै पूर्ननिर्माणको काम समेत ठप्प भएको अबस्था छ । मधेसी मोर्चाले आफ्नो माग सम्बोधन हुने आशका आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता गरी बसेको थियो तर आन्दोलनलाई सरकारले बेवास्था गरेको भन्दै बेलाबेलामा मोर्चाले आन्दोलन चर्काउने बताउँदै आएका छन् । आन्दोलनलाई थप शसक्त रुपमा अगाडी लैजानको लागि मोर्चाले आफ्नो शक्ति एकिकरण गर्न तर्फ लागेको छ भने आन्दोलनलाई सार्थकता तुल्याउन र उपलब्धीपूर्ण बनाउनको लागि मोर्चाले विदेशी शक्तिसँग समेत गुहार्न थालेको छ ।

यस्तो अबस्थामा एमाओवादीका अध्यक्ष प्रचण्डलाई तराइमा नछिर्न उर्दी जारी समेत  गरेको छ जसको संकेत फेरि मधेसमा मोर्चाको आन्दोलन हुने संकत पनि देखाएको छ । संविधानमा मधेसको हक  अधिकार समावेश बारे अझै पनि चित्त नबुझाएका मोर्चाहरु ठूला दलहरुलाई मधेसी जनता विरुद्धको संविधान जारी गरेको आरोप लगाउँदै र मधेस छिर्न मनाही गर्दै आएको छ । ‘मधेसी जनताको भावना कुल्चनकै संविधान जारी भएको भनि तिब्र अबसन्तुष्ट जनाएको मोर्चा फेरि सक्रिए भएर आन्दोलनमा होमियो भने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चिन भ्रमणको औचित्य समाप्त हुने देखिन्छ ।

भ्रमण अगाडी समस्याको समधान हुने बताएता पनि त्यो हुन सकेन तर अझै पनि समस्याको समधान र मोर्चा र सरकारविच सहमतिय एजेण्डामा हस्ताक्षर हुन सकेको र्छैन जसका कारण पनि मधेस आन्दोलनका नाममा देशमा अन्य शक्तिले आन्दोलन चलाए विस्तार सरल र सहज हुदै गएको नेपालीको दैनिकीमाथि फेरि हिलो छ्याप्ने रणनीति नबनाउलान् भन्न सकिदैन त्यसैले सरकारले मधेसी मोर्चाको मागलाई आवश्यकताका आधारमा सम्बोधन गर्नु आवश्यक छ अन्यथा यसरीनै आन्दोलनमा देशलाई होम्ने हो भने देश अधो गतितर्फ उन्मुख हुने पक्का छ । ठूला दलले तत्तकाल मधेसीको मागलाई सम्बोधन गर्ने आधार तयार पारी निकास दिलाउन कोसिस गर्नु पर्छ र आन्दोलनलाई सदाको लागि बन्द गर्ने  प्रण समेत गनर्र््ु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक