८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा २१ जना औलो रोगी भेटिए

१६ बैशाख २०७५, आईतवार ०३:४०

वैशाख १६, नवलपरासी (रासस) | नवलपरासीमा हालसम्म २१ जनामा औलो रोगको संक्रमण देखिएको छ । 

पश्चिम नवलपरासीमा तीन र पूर्वी नवलपरासीमा १८ जना गरी कुल २१ जनामा औलो रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । 

गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अबधिमा १० जनामा उक्त रोग बढी देखिएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा जिल्लामा ११ जना औलो रोगी भेटिएका थिए । तीमध्ये पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा चार जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

गत आवमा साविकको पक्लिहवा गाविसमा सबैभन्दा बढी तीन जनामा औँलो रोग देखिएको थियो भने चालु आर्थिक वर्षको हालसम्ममा पूर्वी नवलपरासी साविकको रतनपुर गाविसमा सात जनामा औलो रोग देखिएको हो । उक्त क्षेत्र सीमसार क्षेत्र भएकाले बढी औलो प्रभावित क्षेत्र भएको जिल्ला जनस्वास्थ्य प्रमुख अरुणकुमार महतोले जानकारी दिनुभयो । 

विश्व औँलो दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले ‘औलोविरुद्धको अभियान हामी सबै सहभागी बनौँ’ भन्ने नाराका साथ अभियान चलाएको छ । 

यस वर्ष ‘औलो हटाउन तयार छौँ’ नाराका साथ यो दिवस देशभरि मनाइँदैछ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । 

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करीब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुनेगर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् । 

सन् २०१६ मा विश्वका करीब ९१ वटा देशका २ करोड १६ लाख व्यक्ति औलोबाट प्रभावित भएका थिए । करीब चार लाख ४५ हजार मानिसको मृत्यु औलोसम्बन्धी रोगका कारण भएको थियो । 

नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५४१ जना प्रभावित भएका थिए । विशेषगरी, खुला सिमनाका कारण झण्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । 

यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका रहने गरेका छन् । 

संसारमा पाइने औलोको परजीवीमध्ये दुई परजीवी प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीवीमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सीपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ । 

नेपालमा वर्षेनि करीब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन् । यो रोग वर्षायाम शुरु भएसँगै अप्रिलबाट शुरु भई जुलाईदेखि नोभेम्बरसम्म उच्च बिन्दुमा रहन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो