नवलपरासीमा २१ जना औलो रोगी भेटिए

साझासवाल
3 Min Read

वैशाख १६, नवलपरासी (रासस) | नवलपरासीमा हालसम्म २१ जनामा औलो रोगको संक्रमण देखिएको छ ।

पश्चिम नवलपरासीमा तीन र पूर्वी नवलपरासीमा १८ जना गरी कुल २१ जनामा औलो रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अबधिमा १० जनामा उक्त रोग बढी देखिएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा जिल्लामा ११ जना औलो रोगी भेटिएका थिए । तीमध्ये पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा चार जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आवमा साविकको पक्लिहवा गाविसमा सबैभन्दा बढी तीन जनामा औँलो रोग देखिएको थियो भने चालु आर्थिक वर्षको हालसम्ममा पूर्वी नवलपरासी साविकको रतनपुर गाविसमा सात जनामा औलो रोग देखिएको हो । उक्त क्षेत्र सीमसार क्षेत्र भएकाले बढी औलो प्रभावित क्षेत्र भएको जिल्ला जनस्वास्थ्य प्रमुख अरुणकुमार महतोले जानकारी दिनुभयो ।

विश्व औँलो दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले ‘औलोविरुद्धको अभियान हामी सबै सहभागी बनौँ’ भन्ने नाराका साथ अभियान चलाएको छ ।

यस वर्ष ‘औलो हटाउन तयार छौँ’ नाराका साथ यो दिवस देशभरि मनाइँदैछ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करीब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुनेगर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् ।

सन् २०१६ मा विश्वका करीब ९१ वटा देशका २ करोड १६ लाख व्यक्ति औलोबाट प्रभावित भएका थिए । करीब चार लाख ४५ हजार मानिसको मृत्यु औलोसम्बन्धी रोगका कारण भएको थियो ।

नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५४१ जना प्रभावित भएका थिए । विशेषगरी, खुला सिमनाका कारण झण्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका रहने गरेका छन् ।

संसारमा पाइने औलोको परजीवीमध्ये दुई परजीवी प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीवीमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सीपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।

नेपालमा वर्षेनि करीब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन् । यो रोग वर्षायाम शुरु भएसँगै अप्रिलबाट शुरु भई जुलाईदेखि नोभेम्बरसम्म उच्च बिन्दुमा रहन्छ ।

Leave a Comment

Leave a Reply