२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासको पिडा : असिना पीडित भन्छन्-‘सरकार कता छ’ ?

१५ चैत्र २०७२, सोमबार ०३:११

साजन परियार, फलेवास पर्वत, । पोहोर सालको जेठमा खानीगाउँमा फलफुल देखी वालीनाली असिनाले सखाप पारेपनि पीडित किसानले अझै राहात पाएका छैनन् । उनीहरु भन्छन खै कता छ राहात कता छ सरकार ! खेतीवाली नभित्रिईकनै खेतमै असिनाले सखाप भएपछि किसानको भकारी खाली रहेको छ । त्यहि साल भूकम्पले टाउको ढाक्ने छानो उडायो हातमुख जोर्ने अन्नपात पनि प्रकृतिले सखाप पारेपछि गाउँले थप पीडामा परेका थिए ।

असिनाले अन्नवाली सखाप पारेको दश महिना वित्दिापनि सरकारको राहात नआउँदा किसानहरु भन्दै छन् कता छ सरकार । उनीहरु सरकारको वाटो केुरेर वस्दा वस्दा हैरान भएका छन् । जिल्ला कृषि विकास कार्यालय पर्वतले तत्काल राहात दिने बताएपनि पीडितहरुले अहिलेसम्म राहात नपाएको गुनासो गरेका छन् । असिनापानीले क्षति पु¥याएको दश महिना बितिसक्दा पनि राहात पाउन नसकेको फलेवास क्षेत्रका पीडित किसानहरुको भनाई छ । जेठ महिनामा परेको असिनापानीले पर्वतमा साढे १० करोडको क्षति पुगेको थियो ।असिनापानीका कारण पर्वतको,देविस्थान,खानीगाउँ,मुडिकुवा,भंगरा,लिमिठाना र ठानामैला गाविसमा १० करोड ३७ लाख बराबरको अन्नबाली,फलफुल तथा तरकारीबाली नष्ट गरेका थियो ।जेठको पहिलो साता परेको असिना र पानीका कारण सबैभन्दा बढि खानीगाउँ गाविसमा २ करोड ७० लाख रुपैया बराबरको मकै र तरकारीबाली नष्ट गरेको थियो भने ठानामैला गाविसमा १ करोड ७४ लाख,लिमिठानामा १ करोड ७३ लाख,भंगरामा १ करोड ६० लाख र देविस्थान गाविसमा १ करोड २० लाख रपैयाको अन्नबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । असिनापानीले क्षति पु¥याए लगातै जिल्लास्तरिय एक उच्च टोली विवरण संकलन गरेको भfb784775-fe74-42e4-b517-7d5b48d63cadएपनि आफूहरुले दश महिना बितिसक्दा पनि आफुहरुले अहिलेसम्म राहात नपाएको खानीगाउँ गाविसका किसानहरुले गुनासो छ ।
राहात रकम नपाउँदा भोकमरीको समस्या आउन सक्ने उनीहरुको भनाइ छ । असिनाले मकैबालीमा व्यापक क्षति पु¥याएको दश महिनासम्म पनि सम्बन्धित निकायहरुले त्यसमा कुनै चासो नदेखाएको भन्दै फलेवासका असिनापीडितले जिल्ला प्रशासन तथा कृषि विकास कार्यालयमा धर्ना तथा नारा जुलुस गर्ने बताएका छन् । मकैको बीज बृद्धि कार्यक्रम लागू भएको फलेवासमा अहिले मकैको बिउ पाउन सकेत मुस्किल भएको फलेवास नगर विकास समितिका अध्यक्ष हिरामणि सापकोटाले बताए । अहिले मकै छर्ने बेला भो,तर मकेको बीउ पाउन मुस्किल छ । २ सय हेक्टरमा लगाएको मकै सबै सखाप भएकाले मकैको बिउ पाउन गाह्रो भएको सापकोटाको भनाई छ । यसप्रति जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहातका लागि पहल नगरे विरोधका कडा कार्यक्रम ल्याउने बताउनुभयो । यता, जिल्ला कृषि विकास कार्यालय पर्वतका बागवनी अधिकृत अजय अधिकारीले मन्त्रालयबीचको समन्वय अभावमा र प्रक्रिया समयमै पूरा नहुँदा पीडितहरुले राहत पाउन नसकेको बताए ।
राहातका लागि कार्यालयले गम्भीर पहल गर्ने तथा कृषि मन्त्रालयबाट आउने कार्यक्रममा फलेवास क्षेत्रलाई पहिलो प्राथमिकता दिइने बचनबद्धता प्रकट गरे । सिँचाईको राम्रो सुविधा भएको जिल्लाको फलेवासमा मकै, धान,गहुँ,तोरी लगायतको राम्रो पकेट क्षेत्रको रुपमा छ । समथर भुभाग र खेतीयोग्य जमिन भएकाले पनि उक्त स्थानमा व्यावासीयक रुपमा कृषि पेशामा लाग्नेहरुको संख्या उल्लेख्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग