९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सुर्तीजन्य सेवनको डरलाग्दो तथ्य

१५ चैत्र २०७२, सोमबार ०४:०७

पछिल्लो समयमा मानिसहरु सुर्तीजन्य पदार्थ पान, कुड्का खैनी, सुर्ती लगाएका बस्तुहरुको अत्याधिक सेवन गर्ने गरेको पाइन्छ । सुर्तीजन्य पदार्थलाई आफ्नो साथीको रुपमा वा चिन्ता परेको वा विभिन्न बहानामा यसको प्रयोग गरीरहेका हु्न्छन् जसका कारण पनि नेपालमा झण्डै आधा जनसंख्याले सुर्तिजन्य पदार्थ खाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङक छ । कसैले बाध्यता र समस्याबाट मुक्त पाउनको लागि त कसैले साथीभाईको इशारामा यस्ता बस्तु प्रयोग गर्ने गरेको पाइन्छ ।

अझ बनौं पछिल्लो समयमा युवा पुस्तामा चुरोट खैनी सेवन गर्नु स्मार्ट बन्नु हो भन्दै यसको प्रयोग गरेको र कुलतमा फसेको पनि पाइन्छ ।  चुरोट खैनी जस्ता सुर्तीजन्य पदार्थ खाएर नेपालमा दैनिक झण्डै ५० जनाको ज्यान जाने डरलाग्दो तथ्य छ तर पनि मानिसहरु यसको प्रयोग गर्न अझै छाडेका छैनन् । एक दिनमा ५० जनाले चुरोट खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवनबाट आफ्नो ज्यान गुमाएका छन् भने एक बर्षमा १८ हजार २ सय ५० जनाले आफ्नो ज्यान गुमाएका छन् । जसमा  ३० देखि ७० वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थ खाँदा लाग्ने नसर्ने रोगका कारण हुने मुत्युदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मृत्यु दर २७ प्रतिशत रहेको छ । यसरी सुर्तीजन्य पदार्थको सेवनबाट आफ्नो जिवन अकालमा जाँदा पनि मानिसहरु अझै पनि सुत्र्तीजन्य पदार्थको सेवन गर्नको लागि छाडेका छन् ।

यस्ता बस्तुको प्रयोगबाट न त स्वास्थ्यका लागि फाइदाजनकनै छ न त धनसम्पत्तीको बजतनै हुन्छ तर पनि मानिसहरु पैसा तिरेरनै मृत्युलाई किनिरहेका छन् । सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी गराउनको लागि विभिन्न तरीका अपनाएता पनि सोही जनतामा परिर्वतन भने हुन सकेको छैन । सुत्र्तीजन्य बस्तुको प्रयोगबाट मानिसको ज्यान त लिन्छनै मानिसको बाँचुन्जेल सम्म पनि त्यसले इज्जतमा दाग लगाउने काम गर्छ यस्ता बस्तुको प्रयोग गर्नेलाई निरुत्साहीत गर्नको लागि सरकारले सुर्तीैज्य बस्तुको उत्पादन हुने कलकारखाना तथा कम्पनीलाई भारीरुपमा कर लगाउनुपर्छ र बस्तुको मुल्यपनि अत्याधिक बनाउनुपर्छ । मुख, गिजा, ओठ, आन्द्रा, फोक्सो लगाएतका अनगिन्ती संबेदनशील अंगमा क्यान्सर उत्पन्न गराउने यस्ता बस्तुको प्रयोग नगर्न नेपाली आफै सचेत हुनु पनि जरुरी छ । बेलैमा होस नपु¥याए आफ्नो जीवनको अन्त्य त कलिलै उमेरमा हुन्छ परिवारको समेत विचल्ली हुन्छ त्यसैले यस्ता बस्तुको प्रयोग रोक्नको लागि स्वास्थ्य मन्त्रालयले गम्भीररुपमा चाँसोका विषयमा लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनलाई ट्रम्पको चेतावनी महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ रुपन्देहीमा रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृ-त्यु आज रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित हुँदै हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर