१० लाख बराबरको भारुसहित सिराहाबाट २ जना पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

वैशाख १९, काठमाडौं । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय र नेपाली नागरिक मनिष कुमार यादव रहेका छन् ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ १० लाख १० हजार ७ सय र नेपाली रुपैयाँ ४ लाख ६१ हजार ५४० बरामद भएको छ । त्यसमा २ हजारको ४४२ थान र ५ सयका २०४ थान नोट छन् । भारु २ हजार र पाँच सयको नोट नेपालमा प्रतिबन्ध छ ।

मंगलबार साँझ अनुगमनमा निस्किएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि नगदसहित काठमाडौं पठाइएको छ ।

पक्राउ परेकाहरुले आफूहरुसँग तरकारी किनबेचको रकम भएको दावी गरेका छन् । तर स्थानीय प्रशासनले भने उनीहरु हुण्डी वा भारतीय मुद्राको अवैध कारोबारी रहेको हुनसक्ने अनुमान गरेको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply