पढ्न करिब 2 मिनेट लाग्छ

बैशाख २१, विरगंज | छोरी पाएको निहुमा श्रीमान, ससुरा र सासु मिलेर रिजा सिंहको हत्या गर्ने प्रयास गरेका छन् ।

विगत २ वर्ष अगाडि भारतको पटना, थाना मोसासिर, गाउँ पौवठ निवासी, कृष्ण बिहारीकि छोरी रिजा सिंह र नेपालको साविकको हथिओल गा.वि.स मलंगवा, जिल्ला सर्लाही निवासी ललन सिंहका छोरा कुन्दन सिंह विवाह बन्धनमा बाँधिएका थिए। त्यसपछि रिजाले १५ महिना अगाडि छोरी अराधना सिंहलाई जन्म दिएकी थिईन् ।

माथिको तश्विरमा क्रमश: पिडित रिजा, उनकी छोरी र श्रीमान सहितको तश्विर

छोरी जन्मिएपछी रिजाको घर परिवारले छोरी पाएको भन्दै सधैं यातना दिने, कुटपिट गर्ने कार्य निरन्तर गरिरह्यो । विवाहको समयमा केटा पक्षले केटि पक्षसँग ८ लाख भारतिय रुपैया दाईजो समेत लिएको, केटीका बुवा कृष्ण बिहारी सिंहले बताएका छन् । निर्मम तवरले कुटपिट गरेपछी पिडित रिजा सिंहको अवस्था गम्भीर हुँदा नारायणी उप–क्षेत्रीय अस्पतालको बेड नं.९३ मा दुई दिन देखी उनको उपचार भईरहेको छ ।

छोरीको पीडाका बीच उपचारमा समेत कुनै वेवास्था गरेपछी पिडित पक्षले आज जिल्ला प्रशासन कार्यालयमा पीडक श्रीमान कन्दन सिंह, ससुरा ललन सिंह, र सासु समेत माथी ज्यान मार्ने उधोगको मुद्दा दर्ता गराउन लागेको पिडित रिजा सिंहका बुबा कृष्ण बिहारी सिंहले बताएका छन् । – नेहाल खानको सहयोगमा प्राप्त समाचार