2026-10-15 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुख्यमन्त्रीद्धारा कारागार निरीक्षण, कैन्दी बन्दीले सुनाए समस्यै समस्या

वैशाख २१, सुर्खेत । सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी हुँदा समस्या भएको गुनासो गरेका छन् । शुक्रबार कारागार निरीक्षण गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग यहाँका कैदी बन्दीले समस्या सुनाएका हुन् । कारागारको नयाँ भवन समयमै नबन्दा बस्नेदेखी सुत्नसम्म असहज हुने गरेको समस्या उनीहरुले दर्शाएका छन् ।

सुर्खेत कारागारको पछिल्लो अवस्था र कैदीवन्दीका समस्या बुझ्न पुगेका मुख्यमन्त्रीलाई कारागारका समस्यासहितको ज्ञापन पत्र बुझाएका छन् । ५० जना क्षमता रहेको कारागारमा १ सय ९७ जना कैदी बन्दी हुँदा बस्न र सुत्न असहज हुने गरेको कैदी बन्दी निरज बस्नेतले बताए । ‘बस्नका लागि ठाउँ छैन सानो ठाउँमा धेरै जना कस्नु पर्दा साह्ै गाहे भएको छ’ बस्नेतले भने, ‘मन्त्री ज्यू अलपत्र अवस्थामा रहेको भवन निर्माणमा पहल गरिदिनुहोला ।’ कारागारामा पहिरोको जोखिम, बन्दी गृह जोखिम, सवारी सधानको अभाव, कमजोर भौतिक संरचना, खेलकुद सामग्री लगायतका समस्या रहेको बताइएको छ ।

कारागारमा महिला सुत्ने ३ कोठामा ३३ जना र पुरुष सुत्ने ७ कोठामा १ सय ७५ जना कैदीबन्दी सुत्ने गरेका छन् । मुख्यमन्त्री शाहीले एक दशकदेखी अलपत्र रहेको कारागारको भवन निर्माणमा विशेष पहल गर्ने आश्वासन दिएका छन् । कारागार सुधार गृह भएकाले वन्दीगृहमा आवश्यक सामग्रीको व्यवस्था गर्ने मुख्यमन्त्रीले बताए । बन्दीलाई फुर्सदको समयमा लघु उद्यमका सामग्री उत्पादन गर्ने व्यवस्थापन मिलाउन मुख्यमन्त्री शाहीले कारागार प्रशासनलाई निर्देशन दिएका छन् । कारागार प्रशासनले स्थान अभावमा सीपुमलक कार्यक्रम गर्न नसकिएको जनाएको छ ।

५० जनाको क्षमता रहेको कारागारमा १९७ जना कैदी रहेको वताउदै कैदीवन्दीहरुले निर्माणाधिन भवन यथाशिघ्र्र निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । मुख्यमन्त्री शाहीसंग कैदीवन्दीहरुले उपचार तथा अदालत आवतजावतका लागि गाडि, औषधि, सीपमुलक तालिम लगायतका माग पनि राखेका थिए । कारागार निरिक्षणमा मुख्यमन्त्री शाही संगै प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख उमाप्रसाद चर्तुर्वेदी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो