पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २३ गौशाला | महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा आँपको बगैँचामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतकाअनुसार महोत्तरी गाउँपालिका–१ स्थित आँपको बगैँचामा स्थानीयवासी ३३ वर्षीय सुनिल यादवको शव झुण्डिएको अवस्थामा बरामद भएको हो।

तर युवक यादव आफैँ झुण्डिएर मरेको वा उनको मृत्यु अन्य कसैले गराएको हो भन्ने बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ। रासस