१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अभावमा गुज्रदै बुलिङटार गाउँपालिका

२३ बैशाख २०७५, आईतवार १०:०६

वैशाख २३ नवलपरासी | भौतिक संरचना तथा आवश्यक कर्मचारी नहुँदा पनि पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिका जसोतसो सञ्चालन हँुदै आएको छ । 

गाउँपालिका क्षेत्रभित्र राष्ट्रिय प्रशारणको लाइन (विद्युत्), इन्टरनेटको पहुँच, गाउँपालिकाको भौतिक पूर्वाधार सहितको भवन र दरबन्दी अनुसार कर्मचारीको अभावमा पनि उक्त गाउँपालिका सञ्चालन हुँदै आएको अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिनुभयो । 

उक्त गाउँपालिकामा इन्टनेट नभएका कारण मन्त्रालयको निर्देशन, पत्राचार वा निर्णय समयमै थाहा पाउन नसक्दा कार्यसम्पादनमा निकै कठिनाइ भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताउनुभयो । 

गाउँपालिका कार्यालयमा इन्टरनेट नहुँदा दिनभरी समय खर्चेर सदरमुकाम कावासोती वा गैंडाकोट पुग्नुपर्छ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “हुलाकद्वारा आउने पत्र आउन एक महिनासम्म लाग्छ कसरी समग्र गाउँपालिकाको काम सहज हुनसक्छ ” । 

गाउँपालिका क्षेत्रभित्र राष्ट्रिय प्रशारणको लाइन ( विद्युत्) नभए पनि लद्यु विद्युतीकरण र सोलारको व्यवस्था भए पनि त्यो प्रभावकारी छैन् । 

राष्ट्रिय प्रशारणको लाइन नहुँदा विशेष गरी स्वास्थ्य चौकीका उपकरण सञ्चालन हुनसकेको छैन् भने विभिन्न सरकारी कार्यालयमा विद्युतीय हाजारी जडान गरे पनि सेवा प्रभावकारी हुनसकेको छैन् । 

अझ बढी समस्या गाउँपालिका कर्मचारीको छ । छ वटा वडा रहेको यस गाउँपालिकामा एक जना पनि वडा सचिव नहुँदा सबै वडाको काम समेत सिंगो गाउँपालिकाले गर्दै आएको छ । 

छ वटा वडा कार्यालयमा वडा सचिव अथवा पञ्जिकाधिकारी नहुँदा सबै वडाको वडा सचिव तथा पञ्जिकाधिकारीको भूमिका समेत आफैले निर्वाह गर्दै आएको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक गणेश न्यौपानेले जानकारी दिनुभयो । 

इन्टरनेटको पहुँच नहुँदा दैनिक घटना दर्ता अनलाइन गर्न सकिएको छैन स्वास्थ्य सहायक न्यौपानेले भन्नुभयो, “पञ्जिकरणको काम तत्कालै अनलाइनबाट गर्नुपर्ने भए पनि यस गाउँपालिकामा त्यसो गर्न असम्भव भएकाले रेकर्डमा उल्लेख गर्ने गरिन्छ । 

कूल २९ जनाको दरबन्दी रहेपनि अहिले एक प्रमुख प्रशासकीय अधिकृत, एक सहलेखापाल, एक सवओभरसियर र एक सुब्वासहित चार जनाले मात्र सिंगो गाउँपालिका चलाउँदै आएका छन् । हाल यस गाउँपालिकामा २० हजार जनसंख्या छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित