१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बजाजद्वारा शैक्षिक सामाग्री वितरण

२३ बैशाख २०७५, आईतवार १६:५०

वैशाख २३, सुर्खेत ।  बजाज कम्पनीले सुर्खेतका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरी सुर्खेतको वीरेन्द्रनगर–५, मा सञ्चालित नेपाल राष्ट्रिय आधारभुत विद्यालय चिसापानीमा पढ्ने बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीलाई एक÷एक दर्जन कापी र पेन्सिल वितरण गरेको असीम अटो पार्ट्सका सञ्चालक लक्ष्मण कँडेलले जानकारी दिए । कम्पनीले सञ्चालन गरेको ‘मेरो गाउँ मेरो बजाज’ अभियान अन्तर्गत ती सामग्री वितरण गरेको कँडेलले बताए । सुर्खेतका लागि बजाज कम्पनीका मोटरसाइकल तथा पाटर््सहरुको अधिकृत विक्रेता असीम अटो पार्ट्सले विद्यालयको आग्रहमा विभिन्न स्कुलहरुमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।


व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बजाजले ‘मेरो गाउँ मेरो बजाज अभियान’ शुरु गरेको कँडेलको भनाई छ । यसअघि कम्पनीले जिल्लाका पाँच वटा विद्यालयमा यसैगरी शैक्षिक सामग्री वितरण गरिसकेको उनले बताए । विद्यालयका प्रधानाध्यापक तेजकुमारी चपाईले बजाजद्वारा विपन्न डेढ सय विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरणबाट शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुग्ने अपेक्षा राखिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो?