३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बुहारीलाई भलिबल अनिवार्य

१९ चैत्र २०७२, शुक्रबार ०७:३९
नयाँ बुहारी राम्री, जाँगरिली र परिबार ढपक्कै ढाक्ने हुन् भन्ने चाहना सबैको हुन्छ । तर, यहाँको क्याङमा आउने बुहारीको क्षमता त्यतिले मात्रै पुग्दैन । उनी भलिबल खेल्न सक्ने समेत हुनुपर्छ । ९५ प्रतिशत मगर समुदाय बसोबास रहेको यो गाउँमा बुहारी भलिबलमा जति दख्खल राख्छिन् उति नै असल ठहरिन्छिन् । त्यसो भए मात्रै उनी गाउँलेको हाइहाइ हुन्छिन् । नभए दिनहुँ अभ्यास गराएर भए पनि सिक्न लगाइन्छ ।

भलिबल नजानेकी बुहारी भित्रिए अरू बुहारीले सिकाउँछन् । बर्सेनि गाउँमा लाग्ने मेलामा छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गर्छन् । त्यसका लागि स्थानीय बूढापाका र परिवारका सदस्यले साथ दिन्छन् । ‘श्रीमती अहिले भलिबल अभ्यासमा जुटेकी छन्,’ लेस्पारका कुमार पुनले भने, ‘गाउँमा मेलाको तयारी भएकाले दुई महिनायता घरको काम म आफैं गर्दै आइरहेको छु ।’ नयाँ वर्षको स्वागतमा गाउँमा मेला लाग्छ । दुई महिना अघिदेखि नै प्रत्येक परिवारले बुहारीलाई अभ्यास खेलका लागि हरेक दिन मैदान पठाउँछन् ।

‘म पहिले पनि अलिअलि खेल्थें,’ बुहारी गौदेवी पुनले भनिन्, ‘बिहेपछि परिवार पाएको अवसरलाई हौसलाका रूपमा लिएकी छु ।’ भलिबल खेल्न जानेपछि परिवारमा राम्रो सम्मान पाइने अनुभव उनले सुनाइन् । आगामी मंगलबार सुरु हुने मेलामा स्थानीयस्तरका मात्रै आधा दर्जनभन्दा बढी बुहारी समूह छन् । प्रत्येक समूह दुई महिनाअघि देखि नै छुट्टाछुट्टै अभ्यासमा जुटेका हुन् ।

भलिबल जित्ने समूहलाई गाउँमा अभिनन्दन गरिन्छ । यसले परिवारको इज्जत बढ्ने भएकाले पछिल्लो समय बुहारीको भलिबल पारिवारिक प्रतिष्ठाको विषय बन्न थालेको हो । ‘भलिबलमा जित्ने बुहारीको घरमा छुट्टै शान हुन्छ,’ स्थानीय सिर्जनशील युवा क्लबका अध्यक्ष रामबहादुर पुनले भने, ‘त्यसैले पनि हरेक परिवारले बुहारीलाई अनिवार्य खेल्न पठाउँछन् ।’

स्थानीयवासीले भलिबललाई महिलाको स्वास्थ्यसँग जोडेर हेर्ने गरेका छन् । भलिबल खेल्दा बाथ, जोर्नी र पेटको समस्या कम हुनुका साथै निरन्तरको अभ्यासले बच्चा जन्मिँदा हुने प्रसव पीडा पनि कम हुने २४ वर्षीया खेलाडी देउमाया पुनले बताइन् । यस्ता खेलमा विशेषगरी १८ देखि ३० वर्षका बुहारीलाई पहिलो प्राथमिकता दिने गरिएको गाविस सचिव शेखरप्रसाद घिमिरेले बताए । ‘गाउँको सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिन गाविसका कार्यक्रममार्फत बर्सेनि बजेट छुट्याउने गरेका छौं,’ उनले भने । आजको कान्तिपुरमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ