2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँको मास्तीघाट र खहरेका ८४ घरपरिवार टुकीका भरमा

वैशाख २५, दमौली, तनहुँ | तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका गरी ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् । 

राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य भएका हुन् । अहिले पनि मास्तीघाटका ५२ घर परिवारले टुकीका भरमा रात गुजारीरहेको स्थानीय समाजसेवी गुमबहादुर मल्लले बताउनुभयो । 

हुनेखाने केहीले घरमा सोलार जोडे पनि अधिकांश व्यक्ति मैनबत्ती र मट्टितेलकै बत्ती बालेर रात काट्न बाध्य भएको जानकारी उहाँले दिनुभयो । मास्तीघाटकै हेमबहादुर गुरुङले सदरमुकाम दमौली बजारदेखि १६ किमीको दूरीमा रहेको उक्त ठाउँमा बिजुली नपुग्नु दुर्भाग्य भएको बताउनुभयो । 

त्यस्तै, बन्दीपुर गाउँपालिका–६ खहरेका ३२ घरधुरीसमेत अन्धकारमा रात काट्न बाध्य हुँदै आएका बताइएको छ । बिजुली नपुगेका कारण त्यस क्षेत्रका बासिन्दा सूचनाबाट समेत वञ्चित हुँदै आएका छन् । बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले विद्युतीकरण नपुगेका गाउँगाउँमा बजेटमा प्राथमिकता दिई बिजुली पुर्याउने लक्ष्य आफूहरुको रहेको बताउनुभयो । 

मिलीजुली मास्ती टोल विकास संस्थाका अध्यक्ष यामबहादुर थापाले पटकपटक विद्युतीकरणका लागि आवाज उठाए पनि पाउन नसकेको जानकारी दिनुभयो । व्यास नपा–१४ का अध्यक्ष काजीमान श्रेष्ठले मास्तीघाट वरपरको क्षेत्रमा एक वर्षभित्रमा बिजुली पुर्याउने बताउनुभयो । 

नयाँगाउँमा रहेको ट्रान्सफर्मरबाट मास्तीमा बिजुली पुर्याउने लक्ष्य आफ्नो रहेपनि विद्युत् कार्यालयले नै त्यस क्षेत्रमा विद्युत् विस्तार गर्ने जनाएपछि ढिलाइ भएको श्रेष्ठले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई