2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कसैको जिन्दगीमाथि खेलवाड नगर

जिल्लामा विहिबार अचानक रोकेर राखेको बस एकाएक हिड्न थालेपछि बसमा भएका यात्रुहरुमा क्रास फैलियो । गुडिरहेको बसबाट बाहिर निस्कने क्रममा तीन जना समेत घाइते भए । इन्जीन शुचारु गरेर चालक चिया पिउनको लागि चिया पसलमा हिडेपछि न्यूट्रलमा राखेको बस एकाएक गुड्यो । संयोग भनौ या भाग्यले सवै यात्रुलाई बचायो ।

बस निरन्तर सडक नछोडि अगाडी बढेको भए बस सडक भन्दा ५ सय मिटर भन्दा बढि तल मोदी नदीमा पुग्ने थियो । जे होस् बसमा भएका यात्रु सकुल भए त्यसमानै खुसी मनाउनु पर्छ । ठूलो दुर्घटना हुनबाट बच्यो त्यसैमा चित्त बुझाउनु पर्छ । तर सवारी साधनको इन्जीन  सुचारु गरी चिया गफमा रमाउने चालकलाई भने कारवाही गरिनु आवश्यक छ ।

कसैको जीवनमाथि कोहि कसैले खेल्ने पाउने अधिकार पाएको छैन । सुरक्षित यात्रा गराउँछु, नीति नियमको पालगना गर्छु भनी चालक बनेका चालकको एक लापरवाहीका कारण ठूलो मानविय क्षती हुनबाट बचेता पनि आगामी दिनमा यस्ता लापरवाही नहोउन् भन्नका लागि पनि सचेत र सजग हुनु आवश्यक छ । चालकको एक कमजोरीका कारण बसमा सवार हुन लागेका झण्डै तीस भन्दा बढी यात्रुको जिवन जोखिमा परेको थियो ।

जिल्ला ट्राफिक प्रहरीले ट्राफिक नीति नियम सम्बन्धी अन्तरक्रिया तथा सचेतना जगाउने गरेता पनि त्यो भने अझै प्रभावकारी नभएको यस घटनाबाट पुष्टि भयो । राम्रो कुशल चालकलाई ट्राफिक प्रहरीले सम्मान गरेता पनि एक चालकको कारणले गर्दा पुरा चालकमाथि सर्वसाधरणको विस्वास गुम्यो । यसरी गैर जिम्मेवारी भएर चालकले सर्वसाधरणको जिन्दगीमाथि खेलवाड गर्नु हुदैन । यदि बस दुर्घटना भएको भए त्यसबाट भएको मानवीय क्षतीको जिम्मेवार को हुने थियो ।

चालकले आफ्नो जिम्मेवारीता पूर्ण रुपमा पुरा गर्नुपर्छ भने नीति नियगम निकायले पनि यसकुरामा ध्यान दिनु आवश्यक छ । एउटा सानो कुराको कमजोरीका कारण ठूलो दुुर्घटना हुनबाट जोगियो तर आगामी दिनमा चालकमा लापरवाहीका कारण यस्ता घटना नहुन् । यहि शुवेच्छा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक