९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एमालेबाट निर्वाचित रामेछापका १ वडाध्यक्ष मृत भेटिए, घटना रहस्यमयी

२६ बैशाख २०७५, बुधबार ०७:२१

वैशाख २६, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् ।

बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो ।

खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेला परेको थियो । ती सामान भेटिएकोभन्दा करिब पाँच सय मिटर तल शव भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए ।

खत्री गाउँपालिका सदस्यलाई समेत बैठकमा जानुपर्छ भनी खबर गरी घरबाट हिँडेका थिए । मंगलबारको गाउँकार्यपालिकाको बैठकमा अबेरसम्म नआएपछि वडाध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन नउठेको र घरपरिवारमा फोन गर्दा बिहानै हिँडेको जानकारी आएपछि उनको खोजी सुरु गरिएको थियो ।

खत्री नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको मृत्युवारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनलाई ट्रम्पको चेतावनी महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ रुपन्देहीमा रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा