2026-09-19 07:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालाबजारी विरुद्ध उपभोक्ता जाग्नुपर्ने

    भूकम्पले दिएको पीडा त्यसमाथि भारतीय नाकाबन्दीका कारण प्रभावित भएको  नेपाली जनजीवन अझै सहज हुन सकेको छैन । नाकाबन्दीसँगै मधेसमा चर्किएको आन्दोलनको निकास राज्यले गर्न सकेको छैन । नाकावन्दी खुलेको महिनौ भईसक्दा पनि दैनिक उपभोग्यको चरम मूल्य वृद्धि र ईन्धनको अभावले सर्वसाधारणको जीवन कष्टसाध्य भएको छ  ।यहि मौका छोपी दिन दुई गुणा र रात चार गुणाका दरले कमाउने धन्दा गर्नेहरुको संख्या यतिबेला ह्वात्तै बढेको पनि छ । वजारमा महंगी र कालावजारीको विगविगी देखिएको छ ।
अझ कस्तो देखिन्छ भने उवासंघका पदाधिकारी समेत         कालावजारीमा समातिएको घटना बाहिर आएको छ । व्यापारीको        कालावजारीबाट आक्रान्त साधारण उपभोक्ताको व्यापक गुनासो जिल्ला प्रशासनमा आएपछि अनुगमन गर्दा कालावजारी समातिएको अवस्था छ । सर्वसाधारण महंगीको मारमा परेको अवस्थामा विवेक गुमाएर व्यापारीले मुनाफाखोरी गर्छन् भने तिनीहरुलाई कडा कारवाही गरिनुपर्छ ।           कालावजारीका विरुद्ध व्यापारीको साझा संस्था उवासंघको धारणा के हो ? यो बाहिर आउनुपर्छ । कालावजारीका विरुद्ध सचेत नागरिक एकजुट भई लाग्नु आवश्यक छ । नेपाली जनतालाई पीडा परेको बेला व्यापारीहरुले केवल मुनाफा मात्र कमाउने ईच्छा राख्दछन् भने व्यापारमा अलिकति पनि सेवाभाव हुँदो रहेन्छ भन्ने सोच सर्वसाधारणमा पर्न सक्छ । जसको मूल्य व्यापारीक क्षेत्रले नै ठुलै चुकाउनुपर्ने हुन्छ । यसबारे व्यापारी वर्ग र सरोकारवाला निकायले बेलैमा सोच्नु आवश्यक छ । जिल्लामा भेटिएका यस्ता केही व्यापारी त केबल नमुना मात्रै हुन यस्ता त सयौको दरमा भेटिन्छन् ।
स्थानिय सरोकारवाला निकायले यस्तै छड्के अनुगमनलाई तिब्रता दिनु आवश्यक छ भने बजारमा भएको चर्को मुल्य बृद्धिलाई पनि रोक्नको लागि पहल गर्नुपर्छ । आर्पूित्र्त कम हँुदा बस्तुको मुल्य बढाउनको लागि पर्ने व्यापारीहरु आयातमा सहज हुँदा पनि मुल्य समायोजन गर्नको लागि कोसिस गर्दैनन् । जिल्लामा मूल्य सूचि विना नै व्यापार व्यावसाय गरेर उपभोक्तालाई लुटेका लुटेराहरु पनि छन् । त्यस्ताको पहिचान गरी कारवाहीको दायरामा ल्याउनको लागि र नाम मात्रका उपभोक्ता मंचको रुपमा रहेको उपभोक्ता अधिकारकर्मी पनि सक्रिय बन्नु आवश्यक छ । छिमेकी जिल्ला म्याग्दीका स्कुले विद्याथी पर्वतको वारिवेनीमा आएर कालावजारीका विरुद्ध अभियान मात्र नगरी ग्याँस सिलिण्डर समेत समातेको खवर छ । जुन स्वागत योग्य कर्म हो । यो उदाहरणी कार्यको अनुकरण अन्य जिल्लामा समेत भए कालावजारीको होस्हवास उड्ने थियो । अनुगमनलाई प्रशासनले तिब्रता दिई कालोबजारीयाको भण्डाफोर गर्ने र कारवाही गरोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई