2026-07-28 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सकियो एसएलसी

student

पर्वत चैत्र २६ गते । यहि चैत्र १८ गतेबाट शुरु भएको प्रवेशीका परिक्षा अर्थात् एसएलसी परिक्षा सकिएको छ । जिल्लामा यस बर्षको एसएलसी परिक्षामा शान्तीपूर्ण र मर्यादीत तरीकाले सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएका छ । परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको एसएलसी परीक्षामा जिल्लाभरबाट  ४ हजार ४ सय १९ विद्यार्थीहरुले एसएलसी परिक्षामा समामेल भएका थिए ।

जसमध्ये  नियमीत तर्फ ३ हजार ३ सय ६१ र एग्जाम्टेड् तर्फ १ हजार ५८ बिधार्थी रहेका छन् । यस्तै नियमीत तर्फ १ हजार ६ सय १६ छात्रा र १ हजार ७ सय ६ छात्रले एसएलसी परिक्षा दिदै छन् भने एग्जाम्टेड् तर्फ १ हजार ५८ छात्रा  र ६ सय ३४ छात्र। खुल्ला बाट १३ जना विद्यार्थी सहभागी भएको शिक्षा कार्यालयले जनाएको छ ।

७५ प्रतिशत हाजिरी नपुगेका कारण जिल्लाका विभिन्न विद्यालयका गरी ३६ जनाभने एसएलसी दिनबाट बञ्चित भ एभने एसएलसीको पहिलो दिनमा ८०भन्दा बढी विद्यार्थी परिक्षामा सहभागि भएनन् । १९ वटा केन्द्रबाट संचालन गरीएको एसएलसी परिक्षाबाट जिल्ला शिक्षा कार्यायल पर्वतले केहि आलोचना पनि खेप्नुप¥यो ।

आफ्नो स्वार्थ पुरा गर्नको लागि र नजिक बनाउनको लागि शिक्षा ऐन विपरीत केन्द्रकरणको नीति लागु गरेर जिल्ला शिक्षा कार्यालय पर्वतले नीजि विद्यालयसँग हिमचिम बढाएको आरोप समेत खेप्यो ।   एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा बिद्यार्थीहरुको नाम थर जन्म मिती, ठेगाना अंग्रेजी हिज्जे र परीक्षा दिएको बिषय गल्ति कम गर्न परीक्षार्थीहरुलाई परीक्षाको अन्तिमदिन परिचयपत्र बितरण समेत गरिएको थियो ।

यस बर्ष देशभरबाट   छ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी भए ।  जसमा नियमिततर्फ चार लाख ५२ हजार ८ सय ८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागी भए । यसैगरी प्राविधिकतर्फ तीन हजार २ सय ५५ परीक्षार्थी सहभागि भए  भने सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिए ।  परीक्षाका लागि देशभर एक हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल