2026-07-25 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवबर्षसँगै सातौं राष्ट्रपति रनिङशिल्ड

20160408_135151पर्वत, नवबर्ष सँगै सातौं राष्ट्रपति  रनिङशिल्ड प्रतियोगिता हुने भएको छ ।  युबा तथा खेलकुद मंत्रालयको राष्ट्रिय कार्यक्रम अर्तगत संचालन हुने बिद्यालय स्तरयि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख १४ देखि १६ गते सम्म पर्वतमा हुने भएको हो । शुक्रबार जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

कार्यक्रममा बैशाख ६ गते देखि ८ सम्म निर्वाचन क्षेत्र नं. २ छनौट प्रतियोगिता लुंखु एकपाटेमा, निर्वाचन क्षेत्र नं. १ छनौट प्रतियोगिता बैसाख ११ गते देखि १३ गतेसम्म बडागाउँ खेलमैदान कुश्मा र जिल्ला स्तरिय प्रतियोगिता बैसाख १४ गतेदेखि १६ गतेसम्म कुश्मामानै हुने खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल अन्तरगत  छात्रछात्रा भलिबल , एथलेटिक्स कबड्डी , तेक्वाण्डो  र कराँते खेल हुने गुरुङले बताए । २ सय ५० मेडलका लागि  प्रतिशपर्दा हुने खेलमा विजेता हुनेले ३० हजार, रनिङ शिल्ड कप, द्धितियले २० हजार र कप, तृतीय हुनेले १० हजार र कप प्राप्त गर्ने खेलकुद विकास समितिले जनाएको छ ।

उक्त कार्यक्रम सफल बनाउनको लागि ८ लाख ८५ हजार खर्च लाग्ने अनुमान समेत गरीएको छ । सवै कार्यक्रममा सहभागी हुने विद्यालयले केहि रुपमा  बाटो खर्च बापत आर्थिक स्रोत पनि उपलब्ध हुने समितिले जनाएको छ । कार्यक्रमका लागि आवश्यक पर्ने पूर्वधारको विकास र पर्नुनिर्माणको कार्य भैरहेको  आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक