2026-06-30 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिम्मेवार बन

विकासको पूर्वधार मध्ये स्वास्थ्य पनि एक पूर्वधार हो । जबसम्म मानिस स्वास्थ्य हुदैन तब सम्म मानिसले कुनै पनि कार्य गर्न सक्दैन त्यसैले राज्यले नागरीकलाई स्वास्थ्य क्षेत्रको पहुँच पु¥याउनको लागि बर्षेनी करोडौ रकम विनियोजन गर्ने गर्दछ । हरेक नागरीकलाई स्वास्थ्य बनाउनको लागि राज्यले निशुल्क रुपमा औषधी, इन्जेक्सन लगाएतका सेवा सुविधा पनि दिदै आएको  छ तर पनि नागरिक सरकारी अस्पताल र राज्यले दिएको सेवा सुविधा त्यागेर महङ्गो रकम तिरेर नीजि अस्पतालमा उपचार गर्न बाध्य    छन् ।

नागरिकलाई सरकारले सरकारी अस्पतालमा दिएको सेवा सुविधको बारेमा बेखबर भएर नीजि क्लिनीकमा मोटो रकम तिरेर उपचार गरेका हैनन् उनीहरु त सरकारी अस्पतालमा भएको गाइजात्रा र चत्र्रिकलाबाट आजित भएर नसकेता पनि निजि अस्पतालमानै पुग्न बाध्य भएका हुन ् ।  निजामति सेवामा लागेर सरकारले तोकेको ठाउँमा गइ नागरीकको सेवामा समर्पित हुन्छु भनी सेवामा प्रवेश गरेका डाक्टरहरुको झगडा, विरामीप्रतिको व्यवास्था, गैरजिम्मेवारीपनका कारण बाहिरी अस्पतालमा उपचार गर्न बाध्य छन् ।

विरामी मृत्युु सैयामा हुदाँ पनि के भयो भनी सोध्ने प्रयास नगर्ने, दिनहुँ झगडा र राजको काम कहिले जाला घाम भन्ने उखानको चरित्रार्थ    गरेर बस्ने डाक्टरहरुको गैरजिम्मेवारीपनका कारण सरकारी अस्पतालमा सेवाग्राहीले सेवा लिन सकेका छैनन् भने सरकारी अस्पतालबाट सेवाग्राही टाढा हुन थालेका छन् । कहिले उपचारको उल्टो औषधी दिने त कहिले अप्रेशन गर्ने क्रममा पेट भित्रनै औजारहरु राख्ने, औषधी खरिदविक्रिमा घोटला गर्ने लगाएतका अनगिन्ती सरकारी अस्पतालका डाक्टरहरुको गैरजिम्मेवारीका कारण अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन  ।

जिल्ला अस्पतालमा पनि गत भदौमा  डाक्टरहरुको झगडाका कारण सेवाग्राही मर्कामा परेको खबर सेलाउन नपाउँदै अस्पतालमा फेरि डाक्टहरुले देखाएको गैरजिम्मेवारीपनका कारण सरकारी अस्पतालको स्वास्थ्य गुणस्तरमा प्रश्नचिन्ह उठेको मात्रै छैन अब त सेवाग्राही स्वाथ्य कार्यालयहरु युद्धभूमी वा वाकयुद्ध मैदान जस्तै भएको महसुस गर्न थालेका छन् । जसका कारण राज्यले स्वास्थ्य क्षेत्रमा गरेको करोडौको लगानी बालुवामा पानी       सरह बनेको छ । कहिले आपसी झगडा त कहिले औषधी खरिद विक्रिमा घोटला गरेका कारण बेलाबेलामा चर्चामा आउने जिल्ला अस्पताल फेरि चर्चामा आउन थालेको हो ।

गैरजिम्मेवारी पूर्ण कार्य गर्नै र सेवाग्राहीलाई मर्कामा पार्ने यस्ता देशका राष्ट्रघाती र नागरीकको स्वास्थ्यमा खेलवाड गर्ने कर्मचारीको पहिचान गरी कारवाहीको दायरामा ल्याउनु आवश्यक छ । निजामति सेवामा प्रवेश गरेका कर्मचारी तथा स्वास्थ्यकर्मी जिम्मेवार बन्नु आवश्यक छ अन्यथा सरकारको हरेक नागरिकमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्य बालुवमा पानी सरह हुनेछ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ