२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिम्मेवार बन

२६ चैत्र २०७२, शुक्रबार १५:०५

विकासको पूर्वधार मध्ये स्वास्थ्य पनि एक पूर्वधार हो । जबसम्म मानिस स्वास्थ्य हुदैन तब सम्म मानिसले कुनै पनि कार्य गर्न सक्दैन त्यसैले राज्यले नागरीकलाई स्वास्थ्य क्षेत्रको पहुँच पु¥याउनको लागि बर्षेनी करोडौ रकम विनियोजन गर्ने गर्दछ । हरेक नागरीकलाई स्वास्थ्य बनाउनको लागि राज्यले निशुल्क रुपमा औषधी, इन्जेक्सन लगाएतका सेवा सुविधा पनि दिदै आएको  छ तर पनि नागरिक सरकारी अस्पताल र राज्यले दिएको सेवा सुविधा त्यागेर महङ्गो रकम तिरेर नीजि अस्पतालमा उपचार गर्न बाध्य    छन् ।

नागरिकलाई सरकारले सरकारी अस्पतालमा दिएको सेवा सुविधको बारेमा बेखबर भएर नीजि क्लिनीकमा मोटो रकम तिरेर उपचार गरेका हैनन् उनीहरु त सरकारी अस्पतालमा भएको गाइजात्रा र चत्र्रिकलाबाट आजित भएर नसकेता पनि निजि अस्पतालमानै पुग्न बाध्य भएका हुन ् ।  निजामति सेवामा लागेर सरकारले तोकेको ठाउँमा गइ नागरीकको सेवामा समर्पित हुन्छु भनी सेवामा प्रवेश गरेका डाक्टरहरुको झगडा, विरामीप्रतिको व्यवास्था, गैरजिम्मेवारीपनका कारण बाहिरी अस्पतालमा उपचार गर्न बाध्य छन् ।

विरामी मृत्युु सैयामा हुदाँ पनि के भयो भनी सोध्ने प्रयास नगर्ने, दिनहुँ झगडा र राजको काम कहिले जाला घाम भन्ने उखानको चरित्रार्थ    गरेर बस्ने डाक्टरहरुको गैरजिम्मेवारीपनका कारण सरकारी अस्पतालमा सेवाग्राहीले सेवा लिन सकेका छैनन् भने सरकारी अस्पतालबाट सेवाग्राही टाढा हुन थालेका छन् । कहिले उपचारको उल्टो औषधी दिने त कहिले अप्रेशन गर्ने क्रममा पेट भित्रनै औजारहरु राख्ने, औषधी खरिदविक्रिमा घोटला गर्ने लगाएतका अनगिन्ती सरकारी अस्पतालका डाक्टरहरुको गैरजिम्मेवारीका कारण अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन  ।

जिल्ला अस्पतालमा पनि गत भदौमा  डाक्टरहरुको झगडाका कारण सेवाग्राही मर्कामा परेको खबर सेलाउन नपाउँदै अस्पतालमा फेरि डाक्टहरुले देखाएको गैरजिम्मेवारीपनका कारण सरकारी अस्पतालको स्वास्थ्य गुणस्तरमा प्रश्नचिन्ह उठेको मात्रै छैन अब त सेवाग्राही स्वाथ्य कार्यालयहरु युद्धभूमी वा वाकयुद्ध मैदान जस्तै भएको महसुस गर्न थालेका छन् । जसका कारण राज्यले स्वास्थ्य क्षेत्रमा गरेको करोडौको लगानी बालुवामा पानी       सरह बनेको छ । कहिले आपसी झगडा त कहिले औषधी खरिद विक्रिमा घोटला गरेका कारण बेलाबेलामा चर्चामा आउने जिल्ला अस्पताल फेरि चर्चामा आउन थालेको हो ।

गैरजिम्मेवारी पूर्ण कार्य गर्नै र सेवाग्राहीलाई मर्कामा पार्ने यस्ता देशका राष्ट्रघाती र नागरीकको स्वास्थ्यमा खेलवाड गर्ने कर्मचारीको पहिचान गरी कारवाहीको दायरामा ल्याउनु आवश्यक छ । निजामति सेवामा प्रवेश गरेका कर्मचारी तथा स्वास्थ्यकर्मी जिम्मेवार बन्नु आवश्यक छ अन्यथा सरकारको हरेक नागरिकमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्य बालुवमा पानी सरह हुनेछ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ